३ कार्तिक २०८३, मंगलबार

नेपालमाथि भारतको फेरि अघोषित नाकाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pmo indiaकाठमाडौं, ३१ जेठ । भूकम्पबाट पीडितका लागि बंगलादेशमा अध्ययनरत विद्यार्थीले लिएर आएको राहत सामग्री भारतले बाटो नदिएका कारण बंगलादेश र भारतको सिमानामा आठ दिनदेखि अलपत्र परेको छ ।

२० गते करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर आए पनि भारतले बाटो नदिँदा उतै फर्काउनु पर्ने अवस्था आएको छ ।

बंगलादेशको रनपुरमा अध्ययनरत विद्यार्थीले राहत संकलन गरेको कारोबार दैनिकले छापेको छ ।

विभिन्न कानुनी झमेला देखाउँदै भारतले रोकेको ती विद्यार्थीहरुले बताएका छन् ।

राहतमा ब्लांकेट, नुन, औषधि, ड्राइफुड लगायत छन् ।

बाटो खोलिदिन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेपनि सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।