३० आश्विन २०८३, शुक्रबार

रोकिएन श्रेष्ठको सामाजिक अभियान, व्यक्तिगत, एनआरएन र लायन्समार्फत सहयोग अझै निरन्तर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gobinda sahayog 03

– फणिन्द्र दाहाल 

जापान । देशमा आपत्ती पर्दा सहयोग गर्न स्वदेशमा नै बस्नु पर्छ भन्ने मान्यता अहिले चिरिएको छ । विदेशमा बस्ने नेपालीले देशमा आइपर्दा मल्हम लगाउन आफैं आएर महिनौ बिताइरहेका छन् । दुई दशक अगाडि नेपाल छोडेर विदेशमा संघर्ष गरिरहेका एक नेपाली छोराले आज पीडित नेपालीलाई आफैले सहयोग गरिरहेका छन् ।

हो, जापानमा व्यवसाय गर्दै आएका सफल ब्यवसायी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का एशिया क्षेत्रीय उपसंयोजक तथा लायन्स क्लब अफ काठमाडौं धुम्बाराहीका अध्यक्ष रोविन्दप्रसाद श्रेष्ठ (गोबिन्द)ले आफ्नो सामाजिक कार्यलाई अहिले नेपालमा नै बसेर लाखौं खर्चिएर निरन्तरता दिइरहनु भएको छ ।

जापानबाट नेपालमा महाबिनाशकारी भुकम्प आउनुभन्दा केही दिन अगाडि मात्र नेपाल आउनु भएका श्रेष्ठले भुकम्पपीडितका लागि ५० लाखभन्दा बढि सहयोग गरिसक्नु भएको छ । सामाजिक कार्य गर्न रुचाउने श्रेष्ठ दिनदुःखीलाई सहयोग गर्न पाउँदा औधी खुशी हुनुहुन्छ ।
एनआरएन मार्फत सहयोग एनआरएनएको आपतकालिन राहत वितरणमा पनि सक्रियरुपमा लाग्नु भएका श्रेष्ठले रसुवा जिल्ला संयोजक भएर आफ्नो जिम्मेवारी सफलताका साथ सम्पन्न गर्नुभयो । उहाँले एनआरएनएको राहत कोषमा १० लाख ५१ हजार रुपैया सहयोग मात्र नभएर आफै प्रत्यक्ष सेवामा जिल्ला जिल्ला पुग्नुभयो ।

३५ जनाभन्दा बढि एनआरएनहरु लिएर रसुवा पुग्नु भएका श्रेष्ठको नेतृत्वले एनआरएनको राहत सामाग्री पीडितको हातमा नै बाँडेर आएको हो । ‘आफ्नो देश र आफ्ना नागरिकलाई सेवा गर्न पाउँदा हरेक कष्ट र दुःख बिर्सदोरहेछ’ श्रेष्ठले भन्नुभयो –‘काठमाडौंमा पानी खाए पनि विरामी हुने म राहत वितरणमा जिल्ला जिल्ला पुगेर जे खाँदा र जसरी सुत्दा समेत अस्वस्थ्य भइँन ।’ उहाँले भुकम्प पीडित भएको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखालगायतका जिल्लामा आफै पुगेर राहत सामाग्री बाँड्नु भयो ।

ब्यक्तिगत सहयोग :
सेवा गर्न पाउँदा सन्तुष्ट हुने श्रेष्ठले संस्था मार्फत मात्र होइन, ब्यक्तिगतरुपमा पनि उत्तिकै सहयोग गरिरहनु भएको छ । उहाँले १५ लाख बराबरको राहत सामाग्री आफु जन्मिएको बाग्लुङ जिल्लाका १० गाविसका भुकम्प पीडितलाई बाँड्नुभयो । महाविनाशकारी भुकम्पले अन्य जिल्लाको तुलनामा केही कम प्रभाव पारेको भएपनि बाग्लुङका शहरमा भन्दा गाउँ–गाउँमा बढि क्षेति पुगेकाले पीडितलाई आफुले सकेको सहयोग गरेको श्रेष्ठको भनाई छ । बाग्लुङका कुसुमसेरा, हटिया, मल्म, काँडेबास, हरिचौर, नरेठाँट गाविसमा श्रेष्ठ आफैले गाविस सचिव, प्रशासन तथा राजनीतिक पार्टीका प्रतिनिधिको रोहबरमा पीडितको हातमा नै राहत वितरण गरेर फर्किएको बताउनुहुन्छ ।

जापानमा राम्रो नेपाली व्यवसायीकारुपमा चिनिएका श्रेष्ठ मात्र होइन, उहाँकी आमा रनकुमारी श्रेष्ठले पनि यो विपत्तिमा चुपलागेर बस्न सक्नुभएन । सामाजिक सेवा भाव रगतमा नै भएर होला आमा रनकुमारीले जोगाएर राखेको पैसाले काठमाडौं सितापाइलामा रहेका भुकम्प पीडित ७० घरलाई त्रिपाल बितरण गर्नुभयो । ‘आमाले आफ्नै पैसाले प्रत्येक घरमा पुगेर त्रिपाल र चामल वितरण गर्नुभयो’ श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठले कोही असाहय तथा अशक्त देख्नु भयो भने सहयोगको हात अगाडि बढाइ हाल्नु हुन्छ । उहाँले काठमाडौं तथा अन्य जिल्लामा विभिन्न ब्यक्तिहरुलाई गरेको सहयोगको त लेखाजोखा नै छैन ।

नेपालमा आएको यस्तो विपत्तीमा सहयोगी हात धेरै बने जसमा यो श्रेष्ठ परिवारले देखाएको उदारतालाई पीडितहरुले साँच्चिकै आर्शिवाद र कृतज्ञता प्रकट गरेका छन् ।

लायन्स क्लबमार्फत सहयोग

भखरै मात्र श्रेष्ठ लायन्स क्लब अफ काठमाडौ धुम्वाराहीको अध्यक्षमा निर्वाचित भएपछि लायन्स क्लब मार्फत पनि सहयोग गरिरहनुभएको छ । ‘एनआरएन र लायन्स क्लबबीच सहकार्य गरी अझ प्रभावकारी ढंगबाट सामाजिक कार्यमा लाग्ने छु ’ उहाँ अध्यक्षमा निर्वाचित हुने बित्तिकै भन्नुभएको थियो ।

क्लबका निर्वतमान अध्यक्ष लायन्स धनराज भँडेलले चालेको कामलाई निरन्तरता दिदै श्रेष्ठले थप सामाजिक कार्यमा हात अगाडि बढाइसक्नुभएको छ । सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले लायन्स धुम्बाराहीले नै संचालन गर्दै आएको धुम्वाराही लायन्स बृद्धाश्रमलाई ५ लाख ५१ हजार रुपैया नगद सहयोग प्रदान गर्नुभएको छ ।

लायन्स क्लब अफ जापानसँगको सहकार्यमा श्रेष्ठले भक्तपुरको सूर्यविनायकमा ४० वटा घर निमार्ण गर्ने घोषणा गरिसक्नु भएको छ । त्यसैगरी लायन्स क्लव कै तर्फबाट धादिङको दलितबस्तीमा टीन तथा राहात सामाग्री हस्तान्तरण गर्न श्रेष्ठ जुटिरहनु भएको छ ।
श्रेष्ठको सहयोग मन र हात रोकिएको छैन । ‘आफ्नो जन्मभूमीमा केही गर्न पाउँदा खुशीको सीमा नै रहँदैन’ श्रेष्ठ भन्नुहुन्छ–‘ सकेसम्म मातृभूमीमा सहयोग जारी राख्नेछु ।’ उहाँका सहयोगी हातहरु अगामी दिनमा पनि नरोकिउन, सबै नेपालीको कामना छ ।

को हुन् गाबिन्द श्रेष्ठ ?

govinda-sherest

सामान्य परिवारमा आजभन्दा ४८ बर्ष अगाडि बाग्लुङको गल्कोटमा जन्मिएका श्रेष्ठ अहिले सफल व्यवसायी बनेका छन् । बुवा स्व. जगतप्रसाद श्रेष्ठ र आमा रनकुमारी श्रेष्ठका जेठो छोरा गोविन्द अवसरको खोजी गर्दै २० बर्षको उमेरमा नै विदेश हानिनुभयो ।
छिमेकी देश भारतमा नै एक बर्ष होटलमा काम त्यसपछि यूरोपको जर्मनमा २ बर्ष सेफ कुकको रुपमा काम, नेदरल्याण्डमा एक बर्ष र हंङकङमा झण्डै ५ बर्ष काम गरेपछि जापानमा जरो गाड्न श्रेष्ठ आजभन्दा १८ बर्ष अगाडि पुग्नु भयो । जापानमा रेष्टुरेन्ट, इम्पोर्ट –एक्सपोर्ट, होलसेल पसल तथा नेपालमा रेमिट्यान्स, हाइड्रोपावरलगायत संचालन गरिरहनु भएका श्रेष्ठले दिनप्रतिदिन सफलता हाँसिल गरिरहनु भएको छ । जापानको नायोगामा १४ वटा आफ्नै रेष्टुरेन्ट संचालन गरिरहनु भएका श्रेष्ठको शुभकामना रेष्टुरेन्टमा सयौ नेपाली र जापानीहरु नै कार्यरत रहेका छन् । जापानमा ब्यवसाय गरिरहनु भएका श्रेष्ठ अहिले जापानमा रहेका नेपाली मध्ये सफल मानिनुहुन्छ ।
रेष्टुरेन्टको अलावा अन्य ब्यवसाय पनि संचालन गरिरहनुभएका श्रेष्ठ देशमा पनि केही गर्ने सोचका साथ एनआरएन तथा व्यक्तिगतरुपमा लगानी भित्र्याइरहनु भएको छ । मेहनेत गरेपछि र जीवनमा साँचो बोल्दा सफल बनिन्छ भन्ने मान्यता राख्ने श्रेष्ठको लक्ष्य नेपाललाई नै सेवा गर्ने रहेको छ ।