लोक सेवा हो कि ‘लक’ सेवा तर मेरा धेरै साथीहरु २९ र ३० गते लोक सेवा आयोगले लिएको नासुको परिक्षा दिने सबैले लक (भाग्य) भए त नाम निस्किएला नि भन्दै थिए । हुन पनि लोकसेवा आयोगलाई धेरैले लक सेवा भन्ने गर्छन् । लोकसेवा आयोगको परिक्षा पास गर्न भाग्य नै चाहिने आमको सोचाई छ । यहि आशयतर्फ यो भनाई लक्षित छ । हुन पनि ठिकै हो, लोकसेवा आयोगमा सफल हुन ४९ प्रतिशत भाग्यमै भर पर्छ भने ५१ प्रतिशत भूमिका त मिहिनेतको नै हुन्छ । अर्थात, भाग्य र मिहिनेतको तुलना गर्ने हो भने त सफलताका लागि मिहिनेतको नै महत्वपुर्ण भूमिका हुन्छ । भाग्य छैन भनेर मिहिनेत नै नगरी चुप लागेर बस्ने हो भने त पक्कै पनि लोकसेवामा मात्र होइन, जीवनका कुनै पनि प्रतिस्पर्धामा सफल भइँदैन । आम मानिसले मनन गर्नुपर्ने तथ्य यो हो की जीवनका हरेक चरणमा सफल हुन कर्म नै गर्नु नै गर्नुपर्ने हुन्छ ।
भाग्य र मिहिनेतको तुलना गर्ने हो भने त सफलताका लागि मिहिनेतको नै महत्वपुर्ण भूमिका हुन्छ । ‘लक’ छैन भनेर मिहिनेत नै नगरी चुप लागेर बस्ने हो भने त पक्कै पनि लोकसेवामा मात्र होइन, जीवनका कुनै पनि प्रतिस्पर्धामा सफल भइँदैन् ।
लोकसेवा आयोगको परिक्षामा उत्तिर्ण हुन धेरै पढ्नुपर्छ भन्ने मान्यता छ, यो मान्यता झै अन्य विभिन्न तहका परिक्षाका लागि पनि त लोकसेवा आयोगले तयार पारेको पाठ्यक्रमभित्र सीमित हुनका लागि पनि धेरै पढ्नु पर्छ नै, राम्रो मध्येमा पनि राम्रो अकं ल्याएर सफल हुन पनि धेरै पढ्नु अपरिहार्य नै हुन्छ । कोहीले भन्छन्, लोकसेवा आयोगमा नाम नै निकाल्ने हो भने बाहिरी दुनियाँ बिर्सनुपर्छ । जीवनका अन्य पारिवारिक, शैक्षिक र व्यावसायिक जिम्मेवारी पुरा गरेर पनि लोकसेवा आयोगको परिक्षा तयारीलाई समय दिन सकिने धारणा कतिपयले राख्छन् । वास्तवमा, लोकसेवा आयोगको अध्ययन र सफलता बीचको सम्बन्ध सापेक्षित विषय हो । यसमा व्यक्तिको शैक्षिक पृष्ठभूमि, बाहिरी ज्ञान, लेखनशैली र वाक्य, अध्ययनको वातावरण र तौरतरिका आदि पक्षहरुको पनि त एकदमै आवश्यक हुन्छन् नी त ।
आमले स्वीकार्ने गरेको कुरा लोकसेवा आयोगको परिक्षामा उत्तिर्ण हुनु फलामे ढोका पार गर्नुजस्तै हो । सबैलाई के थाहा निजामती कर्मचारी भएर त्यसपछिको जागिरे जीवनलाई चलाउनु फलामे च्युउरा चपाउनुसरह हो । के गर्ने परिक्षा पास नगरुन्जेल बेरोजगारीले गर्दा आत्मनिर्भरताको स्वार्थले उत्प्रेरित पारेको हुन्छ । लोकसेवा आयोगमा नातावाद, कृपावाद र भनसुन नचाहिने पसिना पनि बगाउनु नपर्ने हुनाले कहीँकतै पहुँच नहुने आम नेपाली युवा लोकसेवातर्फ आकर्षित हुन्छन् । ‘राष्ट्रसेवक’ भएर नागरिक सेवामा लाग्न पाइने इच्छा पनि आम युवाको मनमा आकर्षणको रुपमा बसेको हुन्छ । सरकारी जागिर भएपछि जागिर सुनिश्चित हुने तथा समाजमा पनि सम्मान पाइने भएकोले पनि आमले लोकसेवाप्रति धेरै लगाव देखाएको पाइन्छ । पास त होउँ, अनि जहाँ जानु परे पनि जाऔला, भन्ने दरिलो सोच राखेका हुन्छन् तयारी गर्दै गरेका व्यक्तिहरु ।
‘राष्ट्रसेवक’ भएर नागरिक सेवामा लाग्न पाइने इच्छा पनि आम युवाको मनमा आकर्षणको रुपमा बसेको हुन्छ । सरकारी भएपछि जागिर सुनिश्चित हुने तथा समाजमा पनि सम्मान पाइने भएकोले पनि आमले लोकसेवाप्रति धेरै लगाव देखाएको पाइन्छ ।
जब लोकसेवा आयोगका प्रत्येक चरणका परिक्षाहरुमा सफल भएर हिजोको युवक ‘राष्ट्रसेवक’ कर्मचारी बन्छ । तब उसमा उसको पोस्टिङको दिनदेखि नै उसमा परिवर्तन आउन थाल्छ । यस्तो परिवर्तन लाकसेवा आयोगबाट सिफारिस पत्र बुझेदेखि नै सुरु हुन्छ । पास त होउँ अनि जहाँ जानु पर्छ जाऔला भन्ने सोच भएको व्यक्तिले पोस्टिङ हुँदा ठाउँ रोज्न थाल्छ । लोकसेवा आयोगबाट सिफारिस हुँदाको योग्यता क्रममा पहिलो पोस्टिङ आधारित हुन्छ । नेपालका निजामती सेवामा कार्यरत कर्मचारीमा यस्तो ‘सोच’ बसेको छ कि, एउटा पदमा सफलता पाइसकेपछि माथिल्लो पदमा जानका लागि पुन तयारी सुरु गर्छन् । प्रगति गर्न खोज्ने यो खालको प्रवृत्ति आफैमा नराम्रो त होइन, तर माथिल्लो पदको तयारीमा जुट्ने भएकोले कार्यालयको काम भन्दा पनि आफ्नो प्रमोसन छिटो भन्दा छिटो गर्नका लागि पढाईलाई धेरै प्राथमिकताका साथ समय दिन्छन् । यस्तो खालको प्रवृत्ति लोकसेवामा मात्र सिमित नभई नेपालका हरेक सरकारी कार्यालयमा कार्यरत शाखा अधिकृत वा उपसचिवसम्म यो प्रवृत्ति कायम नै छ ।
कर्मचारीले अधिकांश समयलाई अन्य ठाउँमा जानका लागि नै प्रयास गर्दैमा बिताएको पाइन्छ । त्यस्ता प्रयासले ठूलाबडालाई चाकरी गर्नुपर्ने संस्कार प्रबद्र्घन हुन्छ । आकर्षक खालको कार्यालयमा नजाँदासम्म कर्मचारीको समय प्रयास गर्दैमा बित्छ र गएपछि भने पैसा कमाउने उद्देश्य पुरा गर्दैमा बितिरहेको हुन्छ ।
लोकसेवा आयोगको परिक्षामा उत्तिर्ण हुने सबै व्यत्तिले माथिल्लो पदमा जान पुन अध्ययन कमै गर्छन् होला । एकथरी जागिर भइहाल्यो, अब पैसा कमाउनुपर्छ भन्ने सोच राखेको पाइन्छ । तलबस्वरुप पाउने आर्थिक सुबिधा सरकारी कर्मचारीको न्युन हुने हुँदा त्यही तलबमा सिमित रहेर अहिलेको यो ज्यामितीय श्रेणीमा बढ्दो महंगीसँगै आफ्नो घर चलाउन समेत पुग्दैन भन्ने कुरा पनि सबैलाई थाहा भएकै कुरा हो । सबैको परिवारमा अन्य सदस्य जागिरे हुँदैनन् वा परिवारको आम्दानीको स्रोत चाँहि नितान्त जागिर मात्र हुन्छ । यस्ता परिवारका जागिर गर्ने कर्मचारीलाई अतिरिक्त आम्दानीको खोजी गर्नुपर्ने बाध्यता हुन्छ । जसले गर्दा यस्ता कर्मचारीले अधिकांश समयलाई अन्य ठाउँमा जानका लागि नै प्रयास गर्दैमा बिताएको पाइन्छ । त्यस्ता प्रयासले ठूलाबडालाई चाकरी गर्नुपर्ने संस्कार प्रबद्र्घन हुन्छ । आकर्षक खालको कार्यालयमा नजाँदासम्म कर्मचारीको समय प्रयास गर्दैमा बित्छ र गएपछि भने पैसा कमाउने उद्देश्य पुरा गर्दैमा बितिरहेको हुन्छ ।
“गलत काम आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने कर्मचारी स्वयम् नै बढारिनु परेका कति दुःखद घटना स्वयम् आफैले समय समयमा देख्न सुन्न पाइन्छ ।
“जागिर भयो, अब त आन्नद” भन्दै सेवा सुरक्षातिर मन ढुक्क बनाएर बस्ने कर्मचारीको संख्या भने एकदमै कम छ । जागिर पनि खाउँ, सेवा पनि गरौँ भन्ने सोच हुने कर्मचारीहरु भने सायद औलामा गन्न सकिने संख्यामा होलान् भन्दा आमलाई आचशर््य मान्नु कुनै नौलो कुरा भएन् । नेपालको निजामती सेवामा कार्यरत थोरै ‘आर्दश’ कर्मचारी नभएका भने होइनन् । तर भएकाहरुले पनि अन्य सहकर्मीबाट सहयोग र समर्थन पाउन भने सकिरहेका हुँदैनन् । यसरी “गलत काम आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने कर्मचारी स्वयम् नै बढारिनु परेका कति दुःखद घटना स्वयम् आफैले समय समयमा देख्न सुन्न पाइन्छ । कतिपय उच्चपदमा रहेका आदर्श कर्मचारीहरु राजनीतिक स्वार्थ अनुरुप नचलेका कारणले गर्दा राम्रो काम गरेर पनि देखाउन सकिने कार्यालयबाट नाम मात्रका कार्यालयमा पठाइएका, जागिरबाटै हटाइएका प्रशस्तै उदाहरण छन् ।














प्रतिक्रिया