३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपाली फोटोग्राफरले हाले भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ‘कपीराइट ‘मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-pm

– विजय थापा 

वाशिंगटन डिसी, ३० जेठ । अमेरिकामा बस्दै आएका एक जना नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएका छन् ।

picture-nabin-america

अमेरिकाको मेसाचुसेट्स राज्यको बोस्टनमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मुलका प्रख्यात फोटोग्राफर बिमल नेपालले भारतीय प्रधानमन्त्री मोदीलाई ‘कपीराइट’को मुद्दा हालेका हुन् । आफूले खिचेका दीपावलीका तस्बीरहरु मोदीले अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै मुद्दा हालेको उनले बताएका छन् ।

गतबर्ष  फोटोग्राफर नेपालद्वारा खिचिएको तस्बिर अनुमतिबिना प्रधानमन्त्री मोदीको आधिकारिक फेसबुकमा राखिएको बिषयले चर्को रुप लिएपछि अन्तत्वगत्वा कानुनी सहारा लिनुपर्ने अवस्थामा पुगेको बताइएको छ ।

फोटोग्राफर नेपालले गतबर्ष मेसाचुसेट्सको क्यामब्रिजस्थित घरको किचनमा खिचेको तस्बीरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिपावलीको शुभकामना स्वरुप आफ्ना प्रशंसक तथा अनुयायीहरुलाई फेसबुकबाट पठाइएका थिए ।

फोटोग्राफर नेपालले खिचेको उक्त तस्बीरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना २३ मिलियन फ्यानलाई शेयर गरेका थिए भने ४ लाख ९६ हजारले मन पराएका थिए । यसैगरी ४५ हजारले यो तस्वीर फेसबुकमा शेयर गरेका थिए । जसमा १६ हजारले कमेन्ट समेत गरेका थिए ।

झन्डै डेढ दशकदेखि अमेरिका बसोबास गर्दै आएका फोटोग्राफर नेपालको पक्षबाट फिस एन रिचार्डसन कानुनी ब्यबसायीहरुले सर्वाधिकार (कपीराइट) सम्बन्धी कानुनी लडाई लड्ने भएका छन् ।

picture-nabin-america

अमेरिकाको युएस कपी राइटमा मोदीविरुद्ध उजुरी दर्ता भैसकेको छ । यससम्बन्धमा विमल नेपालका वकिलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराइएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Nabin-america-journalist
फोटोग्राफर नेपाल

फोटोग्राफर नेपालको पक्षमा फिस एन रिचार्डसन कानुन व्यवसायी फर्मले निःशुल्क रुपमा लड्ने भएको छ । उनीहरु अब प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिउत्तरको प्रतिक्षामा छन् ।

फिस एन रिचार्डसन १ सय ३७ बर्ष पुरानो ल फर्म हो । यसको मुख्य कार्यालय बोस्टनमा रहेको छ । उक्त ल फर्मले अधिकार पत्र, बौद्धिक सम्पत्ति तथा अन्य मुद्दाका बिषयमा हेर्ने गरेको भएता पनि सर्वाधिकार सम्बन्धि धेरै मुद्दाहरु हेरिसकेको छ ।

अब भारतका प्रधानमन्त्री मोदी दोषी ठहरिए उनले फोटोग्राफर नेपाललाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ । सर्वाधिकार सम्बन्धि क्षतिपूर्ति स्वरुप रकम दिने सम्झौता भए प्रक्रिया अदालतमा नपुग्ने तर क्षतिपूर्ति स्वरुप हर्जाना नदिए अधिवक्ताहरुले अदालतमा मुद्दा दायरको प्रक्रिया सुरु गर्ने जानकारी नेपालले दिएका छन् ।