२१ कार्तिक २०८३, शनिबार

नयाँ संविधानको मस्यौदा १५ दिनभित्रै आउने, असारमा संविधान घोषणाको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौ, ३० जेठ । गत मंगलबार मध्यराति चार दलबीच भएको ऐतिहासिक १६ बुँदे सहमतिपछि नयाँ संविधानको मस्यौदा लेख्न तयारी थालिएको छ ।

बाबुराम भट्टराई नेतृत्वको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले शुक्रबार संविधानसभामा पेस गरेको प्रतिवेदन बहुमतबाट पारित भएपछि समितिकोे जिम्मा लगाएर मस्यौदा लेख्न १५ दिनको समयसीमा तोकेको हो ।

संविधानसभामा समितिको प्रतिवेदनमाथिको छलफलपछि बढीमा १५ दिनभित्रमा नयाँ संविधानको मस्यौदा बुझाउने गरी तयारी थालिएको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

त्यसका लागि आजबाट अनौपचारिक छलफल गर्ने र आइतबारबाट मस्यौदा लेखनको काम सुरु गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।

१५ दिनको समयसीमा पाएको मस्यौदा समितिले आइतबार औपचारिक छलफल सुरु गरि मस्यौदा लेखन कार्यलाई अगाडि बढाउने संयोजक सिटौलाले जानकारी दिनुभयो । त्यसका लागि संविधानका सबै विषय मस्यौदा समितिमा पुगिसकेका छन् ।

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले सचिवालय पनि मस्यौदा लेखनकै तयारीमा लागिरहेको जानकारी दिनुभयो । औपचारिक रुपमा आइतबारबाट सुरु हुने मस्यौदा लेखनको काम असार १३ गते सकिने छ ।

असार १४ गते नयाँ संविधानको मस्यौदा संविधानसभामा पेस गरिने छ । संविधानसभाबाट मस्यौदा बहुमतबाट पारित भए असार १५ भित्रै संविधान जारी भएको घोषणा गरिनेछ ।