काठमाडौं, ३० जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष ललितकुष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ ।
शुक्रबार राति राजधानीस्थित आफ्नै नयाँ घरमा करेन्ट लागेर श्रेष्ठको निधन भएको आफन्तले जनाएका छन् । शुक्रबारमात्रै नयाँ घरमा सरेका उनलाई विद्युतको लाइन मिलाउने क्रममा करेन्ट लागेको थियो । तत्कालै उपचारका लागि ललितपुरको अल्का अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
श्रेष्ठ थ्रीस्टार क्लबका अध्यक्षसमेत हुन् । श्रेष्ठका पत्नी, एक छोरा र एक छोरी छन् । ४९ बर्षीय श्रेष्ठ पुराना फुटबल खेलाडी पनि हुन् । उनको पार्थिव शरीर विहान ९ बजेदेखि ११ बजेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको थियो । श्रेष्ठको आजै अन्त्येष्टि गरिएको छ । उनको निधनबाट खेलकुद क्षेत्रमा पीडा थपिएको छ ।
















प्रतिक्रिया