काठमाडौं, ३० जेठ । जागिरका लागि अवेदन खुलाउँदा मागभन्दा कयौँ गुण बढी आवेदन पर्दछन् ।
तर चिकित्सा क्षेत्रमा भने मागभन्दा नगन्य मात्रामा निवेदन पेस भएको घटनाले चकित तुल्याएको गोरखापत्र दैनिकले छापेको छ ।
सरकारले भूकम्पबाट अतिप्रभावित १३ जिल्लामा ३५० जना चिकित्सकको माग गरिएकोमा जम्मा १९ जनाले मात्र दरखास्त दिएका छन् ।
आवेदन दिएका १९ जनामध्ये पनि पाँदेखि सात जनासम्म मात्र डाक्टर भूकम्प प्रभावित क्षेत्रमा गएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया