३ कार्तिक २०८३, मंगलबार

ओलीको यस्तो योजना बुझेपछि कोइरालाले ‘राजीनामा’को कुरा ल्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(150519) -- KATHMANDU, May 19, 2015 (Xinhua) -- K. P. Sharma Oli, chairman of Nepal's second largest party CPN-UML, speaks during an exclusive interview with Xinhua at his residence in Kathmandu May 18, 2015. China has been a real help to Nepal in the disaster relief and rescue operations since the April 25 devastating earthquake and the country is looking forward to more help from China in its rehabilitation and reconstruction, K. P. Sharma Oli said on Monday. (Xinhua/Lui Siu Wai)काठमाडौं, ३० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार निम्ति संविधान जारी भएको भोलिपल्टै बाटो छाडिदिने घोषणा गरिसकेका छन् ।

तर, संविधान जारी गर्नुअघि आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयत्न पनि उनको जारी नै छ, केबल संविधान घोषणाका लागि ।

संविधानसभाबाट जारी हुने संविधानमा सबैको स्वामित्व होस् भनेरै कोइराला आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन चाहेको कान्तिपृुर दैनिकले छापेको छ ।

सकेसम्म सबै, नसके १६ बूँदे सहमतिका पक्षधर दललाई सरकारमा ल्याएर भए पनि संविधान जारी गर्न सके आफ्नो राजनीतिक उचाई बढ्ने कोइरालाको बुझाई छ ।

सबैले स्वामित्व लिएको सन्देश दिन सके नयाँ संविधानको कार्यान्वयन पनि सहज हुन सक्ने उनको ठम्याई छ ।

सैद्धान्तिक रुपमा कोइरालाको आग्रहलाई १६ बुँदे सहमतिका समर्थक दलहरुले सकारात्मक भन्ने गरेका छन ।

तर, व्यवहारमा सत्ता साझेदार एमाले नै कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा तत्पर देखिएको छैन ।

कोइरालाले संविधानका बिषयमा सहमति खोज्न बसेका हालैका बैठकमा संविधान जारी गर्दा सबै दललाई सरकारमा ल्याउने प्रस्ताव नराखेका पनि होइनन् ।

तर, एमालेले त्यसमा छलफल गर्न अनिच्छा देखाएपछि १६ बूँदे सहमतिमा केही उल्लेख हुन सकेन ।

अनौपचारिक तहमा असार मसान्तमा संविधान जारी गर्ने र लगतै राष्ट्रिय सहमतिको सरकारका लागि कोइरालाले बाटो छाडिदिने समझदारी भएको भने नेताहरु बताउँछन् ।