
न्युयोर्क । एनआरएन अमेरिकाको निर्वाचन विवादको भूमरीमा परेको छ । अकल्पनीय बहुमतका साथ अध्यक्षमा डा.केशव पौडेल निर्वाचित भएपछि निर्वाचनको पारदर्शितामाथि नै प्रश्न उठेको छ । यतिबेला अध्यक्षका विजेता डा. पौडल बाहेकका प्रत्यासीहरु एक ठाउँमा पुगेका छन् । उनीहरुले अपिलमार्फत संयुक्त रुपमा एनआरएन निर्वाचनको छानबिन गर्न माग समेत गरेका छन् ।
खासगरि, चुनावी पारदर्शिताबारे छानविनका लागि आईसीसीमा उजुरी परेपछि अमेरिका क्षेत्रका लागि आईसीसीका तर्फबाट क्षेत्रीय उपसंयोजक सोनाम लामाले छानविनका लागि भन्दै एनआरएन अमेरिकालाई कुनै कामकाज अगाडि नबढाउन गरेको अनुरोधपछि कार्यक्षेत्र र अधिकारबारेको विवाद चरमउत्कर्षमा पुगेको थियो । आईसीसीका तर्फबाट डीआरसी सोनाम लामाले एनआरएन अमेरिकालाई विघटन गरेको नभई छानविन अवधिभर कुनै कामकारवाही नगर्न निर्देशन गरेका थिए । तर, अहिले भने छानबिन र कार्यसंचालन सँगसँगै अगाडि बढाउने समझदारी भएको बताइएको छ ।
तर, निर्वाचनमा सहभागी भएका अध्यक्षका चारै जना प्रत्यासीहरुले निर्वाचनको पारदर्शितामाथि प्रश्न उब्जाएपछि पौडेल नेतृत्वको नयाँ टिमलाई थप संकटमा पर्ने देखिन्छ । यसले नेपाली समुदायको एकता खल्बलाउने त पक्कै छ, दीर्घकालसम्म यसको असर पर्ने देखिएको छ ।
निर्वाचनका प्रत्यासीहरुको अपिल यस्तो छ:
आदरणिय अमेरीकावासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरू, पत्रकार साथीहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधि ज्युहरू,
गैरआवासीय नेपाली संघ, अमेरिकाको (NRN-NCC, USA) April 16 – 20, 2015 मा सम्पन्न निर्वाचनमा हामी देहाय बमोजिमका उम्मेद्वारहरू विभिन्न पदका प्रत्यासी रहेको ब्यहोरा अवगत गराउन चाहन्छौ। यसै सन्दर्भमा April 25, 2015 का दिन घोसित निर्वाचन परिणाम पारदर्शि गरियोस भनि सोही दिन बेलुका NRN-NCC OF USA का निर्वाचन आयुक्त समक्ष निबेदन दर्खास्त पठाएका थियौ! सो निवेदनको बोधार्थ तत्कालिन कार्य समितिका अध्यक्ष खगेन्द्र जि. सि. क्षेत्री तथा डि.आर.सी.सोनाम लामा, आर. सि. नबराज गुरुङ लगायत केन्द्रिय अध्यक्ष शेस घलेलाई पनि ईमेल मार्फत संप्रेसित गरेका थियौं! बाञ्छित समयभित्र सो निबेदन उपर कारबाही हुन नसके पछि सोहि ब्योहराको निबेदन पुन: दुइ पटक पेश गरेका थियौं! तर अफसोच हामीले कुनै प्रतिउत्तर पाउन सकेनौं!
स्मरणीय रहोस, कुनै पनि निबेदन प्राप्त गरेको या नगरेको जानकारी सम्म पनि हामीलाई उपलब्ध गराईएन! यो प्रक्रियाको अर्को चरणमा सोहि ब्योहराको निबेदन NRNA-ICC केन्द्रिय कार्य समितिसमक्ष प्रस्तुत गरेका थियौं! यहाँहरुलाई अबगत नै होला NRNA-ICC केन्द्रिय कार्य समितिले हाम्रो निबेदन उपर तत्काल कारबाही शुरु गर्न भनि उजुर गरिएका बिषयमाथि छानबिन गरि प्रतिबेदन पेश गर्नका लागि डि.आर.सी.सोनाम लामालाइ अख्तियारी दिएको थियो! सो अनुरुप श्री लामाले आफ्नो छानबिन शुरु गर्नुभएको ब्योहरा जनसमक्ष पनि आएको थियो! हामि समस्त उम्मेद्वारहरु NRNA-ICC को यो निर्णयको हृदयदेखि स्वागत गर्दछौं! छानबिनका क्रममा हामीहरुबाट केहि सहयोग हुन सकेमा त्यसका लागि पनि तम्तयार रहेको जानकारी गराऊछौँ! यहि सन्दर्भमा वाहाले NRN-NCC, USA लाइ छानबिनका दर्म्यानमा आफ्ना गतिविधिहरु बन्द गर्न गरेको आग्रहलाई गलत व्याख्या गरि सँस्था नै निलम्बन गरेको भनेर गरिएका झुठा प्रचारबाजीको घोर भर्त्सना पनि गर्दछौं! आशा छ NRNA-ICC का तर्फ बाट डि. आर. सि. सोनाम लामाले निस्पक्ष एबम प्रमाणमा आधारित सत्य तथ्य सहितको अन्वेषण जनसमक्ष ल्याउनुहुनेछ! धन्यबाद! बिनित ———
१. नगेन्द्र पौडेल -उम्मेद्वार अध्यक्ष
२. गणेश कुँवर -उम्मेद्वार अध्यक्ष
३. दुर्गा दाहाल -उम्मेद्वार अध्यक्ष
४. रमा सिगं -उम्मेद्वार अध्यक्ष
५. श्री पराजुली -उम्मेद्वार अध्यक्ष
६. नेदेन डोगंला -उम्मेद्वार वरिष्ट उपाध्यक्ष
७. शिव विष्ट -उम्मेद्वार वरिष्ट उपाध्यक्ष
८. सन्जिब श्रेष्ठ -उम्मेद्वार उपाध्यक्ष
९. ज्ञान दिप लामा -उम्मेद्वार उपाध्यक्ष
१०. सीता खरेल -उम्मेद्वार उपाध्यक्ष
११ उमा कार्की -उम्मेद्वार उपाध्यक्ष
१२ मोहन थापा -उम्मेद्वार उपाध्यक्ष
१३ रविन बज्राचार्य -उम्मेद्वार कोसाध्यक्ष
१४ सीता प्रशाई उप्रेती -उ. बोर्ड डाईरेक्टर















प्रतिक्रिया