– सुशिल नेपाल
पाल्पा । चलचित्र होस्टेल रिटन्र्स युनिट पाल्पामा आउने भएको छ । यहि आउँदो असार १९ गते तानसेनमा हुने चलचित्रको च्यारिटी शो का लागि युनिट पाल्पा आउँन लागेका चलचित्रका निर्माता सुनिल रावलले दैनिक नेपाल जिल्ला प्रतिनिधिलाई टेलिफोनमा जानकारी गराए ।
देशमा गएको महाभूकम्पबाट धादिङ र सिन्धुपाल्चोकमा क्षति भएका विद्यालय निर्माणका लागि पाल्पा लगायत दमौली, पोखरा, नेपालगंज, टिकापुर लगायतका क्षेत्रमा चलचित्रको च्यारिटी शो गरिने चलचित्र युनिटले जनाएको छ । चलचित्र च्यारिटीको क्रममा युनिट पाल्पा आउने भएको हो ।
चलचित्र युनिटले च्यारिटी शो मा सहभागी भई भूकंम्प प्रभाबित क्षेत्रका विद्यालय पुनःनिर्माण गर्ने यो सामाजिक कार्यमा हातेमालो गरेरे अगाडि बढन सबैलाइ आग्रह गरेको छ । असार १९ गते तानसेनको नगरपालिका हलमा हुने च्यारिटी शो मा दर्शकले चलचित्रका निर्माता सुनिल रावल, नायक सुशील श्रेष्ठ र नायिका स्वस्तिमा खड्का लगायतको टोलीसंग बसेर चलचित्र हेर्न पाउने छन् ।
च्यारिटी शो बाट उठेको रकम भूकम्प पीडितको सहयोगको लागि खचिर्ने कुरालाई सबैले सकारात्मक रुपमा लिएको युनिटले जनाएको छ । चलचित्रका निर्माता रावल भन्छन मैले केबल ब्यापार वा रमाइलो खोजेको होइन, यो समयमा आफनो काम संगसँगै सामाजिक कर्तब्य पनि पुरा गर्न सक्यो भने आत्मसन्तुष्टि हुन्छ र त्यों कुरा सकारात्मक कुरा पनि हो । बिद्यालयहरु क्षतिग्रस्त भएकाले निर्माणको लागि कदम उठाउनु भनेको अहिलेको आवश्यकता रहेको उनले बताए ।
चलचित्र बैशाख २५ गते प्रदर्शनमा आउनुपर्नेमा भूकम्पका कारण आउँदो भदौ ४ गते प्रदर्शनको तयारीमा छ । पाल्पामा च्यारिटी शोमा सहभागी भई हातेमालो गर्न इच्छुकले टिकट बुकिङका लागि कृष्ण श्रेष्ठलाई सम्पर्क समेत गर्न सक्ने कुरा युनिटले दैनिक नेपाललाई जानकारी दियो ।
















प्रतिक्रिया