तनँहु, २९ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अबको १ महिना भित्र संविधान जारी हुने दाबी गर्नुभएको छ ।
नेकपा एमाले तनहुँको पार्टी कार्यालय भवनमा कार्यकर्तालाई निर्देशन दिनुहुँदै नेता नेपालले अब संविधान निर्माण कार्य कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।
संविधानमा असहमति राख्ने पक्षलाई पनि समेटेर संविधान निर्माण गरेर देशको पुर्नसंरचनामा सबै जना लाग्नुपर्ने पनि उहाँले बताउनुभयो ।
मधेशी र जननजातीबाट संविधान को विरोध भएतापनी केहि समय भित्र नै सबै परिस्थती ठिक हुने उहाँको धारणा छ ।
नेता नेपालले संविधान निर्माण पश्चात राष्ट्रिय सरकार गठन हुने र सोहि सरकारले स्थानिय निकायको पनि निर्वाचन गर्ने हुदाँ त्यसमा लाग्न सबै नेता कार्यकर्ताहरुलार्ई निर्देशन दिनुभएको थियो ।













प्रतिक्रिया