धरान २९ जेठ । युवायुवतीलाई खेलकुदप्रति आकर्षित गर्दैै दुव्र्यसनीमुक्त सहर बनाउने अभियान अन्तर्गत धरानमा नयाँ योजना सुरु भएको छ ।
दुव्र्यसनीमुक्त सहर बनाउन अभियान नै चालेर विगतदेखि विविध कार्यक्रम गर्दै आएको धरान रनले युवायुवतीलाई खेलकुदप्रति आकर्षित गराउन सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।
साप्ताहिक तथा बार्षिक रुपमा युवाहरुलाई समेटेर म्याराथुन दौड प्रतियोगिताको आयोजना गर्दै पुरस्कारको व्यवस्था समेत गर्दै आएको धरान रनले व्यक्तिगत स्वार्थ भन्दापनि खेलकुदको विकासमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले संस्थाकै नाममा धरान ६ भानुचौकमा पसल खोलेको हो ।
पसलको उद्घाटन अग्रज पत्रकार किशोर कार्कीले गर्नुभएको थियो । संस्थालाई फन्टको अत्यन्तै आवश्यक भएकोले आगामी दिनमा समेत केही गर्न सकियोस् भन्ने उद्देश्यले पसल खोलिएको संस्थाका संरक्षक सन्तोष राईले बताउनुभयो । पसलमा किराना खुद्रा सामानदेखि लिएर कोल्ड ड्र्रिग्स र विभिन्न भेराइटीका लेडिज तथा जेन्सका कपडाहरु समेत राखिएका छन् ।
संस्थाले प्रत्येक शनिवार विहान धरानका युवायुवतीलाई भेला गराएर दौड प्रतियोगिता समावेश गर्दै आइरहेको छ । संस्थाले वैसाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्पमा परी विभिन्न स्थानका घाइते तथा विस्थापितका लागि जस्तापाता, खाद्यान्न लगायत सामग्री समेत वितरण गरेको थियो ।
















प्रतिक्रिया