२९ आश्विन २०८३, बिहिबार

नाबालकलाई ‘पट्याएर’ महिलाले जबरजस्ती शारीरिक सम्पर्क राखेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-sex-with-boyकाठमाडौं । सामान्यतया पुरुषले महिलालाई बलात्कार गरेको घटना समाजमा व्याप्त छन् ।

यौनको प्यासलाई नियन्त्रण गर्न नसक्दा कतिपय पुरुषले नाबालिकादेखि बृद्धालाईसमेत बलात्कार गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।

तर, सबै बलात्कारका घटनामा पुरुषको मात्र हात हुँदैन । जर्मनमा एक २८ वर्षकी महिलाले एक नाबालक बालकसँग शारीरिक सम्पर्क राखेको अभियोगमा अदालतले तीन वर्षको कैद फैसला सुनाएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार केरोलिन सेलिसबरी नामकी महिलाले जर्मनीस्थित ब्रिटिश आर्मी बेस क्याम्पको एक स्कुलमा अध्ययनरत १४ वर्षीया एक बालकसँग पहिला मित्रता कायम गर्दै पछि धेरैपटक शारीरिक सम्पर्क राखेकी थिइन ।

अदालतले ती महिलालाई गत मार्चमा दुई वर्षको कैद सजाय सुनाएको थियो । तर, पीडित पक्षले सजाय बढाउनलाई दोस्रो पटक अदालतसमक्ष उजुरी दर्ता गराएका थिए । नागरिक दैनिकमा समाचार छ । एजेन्सी