काठमाडौं । गायक मिका सिंह प्रशंसकलाई थप्पड हानेको आरोपमा गिरफ्तार भएका छन् । बिहीबार उनलाई दिल्ली प्रहरीले गिरफ्तार गरेर जमानतमा रिहा गरेको हो ।
मिकाले गत अप्रिलमा दिल्लीमा आयोजित कन्सर्टमा प्रशंसकका रुपमा गीन सुनिरहेका एक चिकित्सकलाई थप्पड हानेका थिए । उनले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
यो घटनापछि आलोचित बनेका मिकालाई प्रहरीले पक्राउ गर्न खोजिरहेको थियो । मलेसियामा रहेका मिका नयाँदिल्ली पुगेर बिहीबार प्रहरीमा हाजिर भएका थिए । आफूले थप्पड हिर्काएको उनले स्वीकारेका छन् ।
नशाले चुर भएका ती चिकित्सकले महिलामाथि अभद्र र अश्लिल इशारा गरेकाले आफूले थप्पड हान्नुपरेको उनको दाबी छ, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
















प्रतिक्रिया