दोहा । गत बैशाख महिनामा नेपालमा गएको महाभूकम्पबाट पीडित बनेका टकनपुर गाबिस सिन्धुपाल्चोकका बासिन्दालाई कतारबाट राहत वितरण गरिएको छ ।
कतारका व्यवसायी तथा समाजसेवी कमल घिमिरेको पहलमा सिन्धुपाल्चोकका १ सय घर परिवारलाई राहत सामग्री वितरण गरिएको हो । एनईएसएएफका डा. भिमा ढुङ्गानाको संयोजकत्वमा कतारबाट सहयोग गरी राहत वितरण गरिएको हो ।
भूकम्पबाट पीडित बनेका एकल महिला, दलितवर्ग, असाहय तथा बृद्ध अवस्थाका सय परिवारलाई सहयोग गरिएको हो । कतारबाट घिमिरेको पहलमा यहाँ कार्यरत विभिन्न समुदायका व्यक्तिहरुबाट सहयोग संकलन गरिएको थियो ।
नेपालमा गएको विनाशकारी भूकम्पमा परी पीडित बनेका निम्न वर्गका परिवारलाई दैनिक गुजाराका लागी प्याकेज बनाएर सामग्री वितरण गरिएको हो ।
१ लाख ५० हजार रुपैया बराबरको चामल, दाल, तेल, नुन, चिनी लगायतका सामग्रीहरु वितरण गरिएको समाजसेवी घिमिरेले जानकारी दिए । नेपालको यस दुःखको समयमा सानो सहयोग भएपनी गर्नुपर्ने भन्दै समाजप्रती सबैको जिम्मेवारी रहेको उनले बताए । कतारबाट पठाईएको रकमबाट नेपालमा सहयोग सामग्रीको प्याकेज गाउँमा पुगेर नै वितरण गरिएको हो ।















प्रतिक्रिया