काठमाडौं, २८ जेठ । काम गरेको तलब र नेपाल सरकारको श्रम ऐन लागू गर्न माग गर्दा हिमालयन टेलिभिजनका सञ्चालक ललित अग्रवालले पत्रकारहरुलाई धम्क्याउन थालेको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
दुई महिना सहित जेठ महिना वित्न लाग्दा समेत पत्रकारको तलब नदिएका अग्रवालले पत्रकारको आवाज उठाइरहेका प्रतिष्ठान शाखा अध्यक्ष वाइपी घिमिरेलाई नेपालगञ्ज सरुवा गरेपछि टेलिभिजनमा आतंक मच्चिएको छ ।
गत बैशाखमा नै दुई महिनाको तलब दिएर बाँकी तलब छिट्टै दिने भन्दै श्रम ऐन समेत लागु गर्ने लिखित प्रतिबद्धता जनाएका अग्रवालले त्यस्तो मागको नेतृत्व गरेका क्यामरा पर्सन समेत रहेका घिमिरेलाई नेपालगञ्ज सरुवाको पत्र मंगलबार साँझ दिएका हुन् ।
तर घिमिरेले भने आफ्नो सरुवाको पत्र नबुझी श्रम ऐन लागू र बाँकी तलब दिएमा आफू सरुवा पत्र बुझ्ने नत्र आन्दोलन जारी रहने बताएका छन् ।
टेलिभिजनमा अग्रवालले समाचारमा वार्गेनिङ गर्ने एउटा गिरोह नै खडा गरेको विगतमा पुष्टि भइसकेको छ । नेपाल प्रेस काउन्सिलले उनलाई कारबाही समेत गरिसकेको छ ।
प्रशासनीक सुधार सहितको प्रतिबद्धता गरेपनि प्रतिबद्धता बिपरित कर्मचारीलाई पेल्दै आएका अग्रवाललाई टेलिभिजनमा चिफ एक्जुकेटिभ प्रोड्युसर रहेका नारायण पुरीले साथ दिंदै आएका छन् ।
६६ जना कर्मचारी एकजुट हुँदा समेत पुरीले भने कर्मचारी हित विपरित अग्रवालको पक्षमा लागेर श्रमजिवि पत्रकारहरुलाई लात हानिरहेका छन् ।















प्रतिक्रिया