विनाशकारी भूकम्पको उद्दारमा दोलखा गएको अमेरिकी सेनाको मरिनको युएच १ वाई हुवे हेलिकप्टर दुर्घटना भएको खबर सेलाउन नपाउँदै सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर्स ९ एनएजेपी नामक हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार जनाले ज्यान गुमाए । सरकारले सो दुर्घटनाको सत्यतत्य छानबिन गर्न आयोग गठन गरेको छ । दुर्घटनाको सत्यतत्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने गरी चार सदस्य आयोग गठन भएको छ । आयोगमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने अध्यक्ष छन् । आयोगको सदस्यमा श्री एयरलाइन्सका बरिष्ठ पाइलट प्रमोद लामा र मनाङ एयरका इन्जिनियर जनक थापा छन भने मन्त्रालयकै उपसचिव प्रमोद नेपाल सदस्य सचिव रहेका छन् । सरकारले गैरसैनिक हवाई नियमावली २०७१ को नियम १० अनुसार सो आयोग गठन गरेको हो । जसअनुसार दुर्घटनाको सत्यतत्य छानबिन गरी ६० दिन भित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी आयोग गठन गरिएको हो ।
जहाज दुर्घटनामा भौगोलिक बनावट र मौसमी गडबढी प्रमुख कारण देखाए पनि थोत्रा र प्राविधिकरुपमा अयोग्य जहाजलाई उडान भर्ने अनुमति दिएका कारण नेपालमा हवाई दुर्घटना दिनानुदिन बढ्दै गएको छ ।
हरेक पल्ट हवाई दुर्घटना भएलगत्तै सरकारले आयोग गठन गर्दै आएको छ । हरेक समय गठन भएका आयोगहरुले प्रतिवेदन पनि सरकारलाई बुझाएकै छन् । तर, आयोगले दिएको सुझाव कार्यान्वयन भएको भने व्यवहारमा देखिएको छैन् । आयोग गठन केवल दुर्घटनालाई साम्य पार्नलाई मात्र हुँदै आएको छ । सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीरता नदेखाएकै कारण हवाई दुर्घटना बढ्दै गएको हो । आयोगले दिएका सुझावहरु मन्त्रालयले कार्यान्वयन नगरेका कारण नेपाली आकाश दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । हरेक हवाई दुर्घटना जाँच आयोग गठन हुँदा एकाध सुझाव दिने र त्यसलाई त्यतिकै थन्काएर राख्ने परम्परा बस्दै आएका कारण हवाई दुर्घटना न्यूनिकरण हुन नसकेको हवाई क्षेत्रका जानकारहरुको भनाई छ ।
एकपछि अर्काे हवाई दुर्घटना बढ्दै जाँदा समेत सम्बन्धित निकाय गम्भीर बनेको देखिदैन् । अहिलेसम्म भएका दुर्घटनाका कारण एटीसी संचालनको गल्तीले दुर्घटना भएको देखाइदै आएको छ । धेरै जसो विमान दुर्घटनाको प्रतिवेदनमा पाइलटमाथि दोष थुपारेको पाइएको छ । यसको अर्थ हुन्छ, पाइलटतिर औंला सोझ्याएर खास कारण खोज्ने झन्झट नगर्ने तथा आफ्नो गल्ती लुकाउनुमै सम्बन्धित निकायले काम गर्दै आएको छ । जसले गर्दा दुर्घटना दोहोरिएको जानकारहरु बताउँछन् । जब कि थोत्रा जहाज र बढी वजन दुर्घटनाका मुख्य कारण हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार २० वर्ष भन्दा पुराना जहाज चलाउँन पाइदैन् । तर, यहाँ भने एउटा कम्पनीले पुरानो भएपछि अर्काे कम्पनीलाई भाडामा दिने वा विक्रि गर्ने प्रचलन रहिआएको छ । यसरी विक्रि भएका जहाजहरुमा ५० वर्ष पुराना जहाजपनि सञ्चालनमा ल्याइएको छ । जसले गर्दा पनि नेपाली आकाश असुरक्षित बन्दै गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार २० वर्ष भन्दा पुराना जहाज उडाउँन पाइदैन् । यसरी विक्रि भएका जहाजहरुमा ५० वर्ष पुरानो पनि सञ्चालनमा ल्याइएको छ । जसले गर्दा पनि नेपाली आकाश असुरक्षित बन्दै गएका छन् । प्राधिकरणका अधिकारीहरुले जहाज दुर्घटनामा भौगोलिक बनावट र मौसमी गडबढी प्रमुख कारण देखाए पनि थोत्रा र प्राविधिकरुपमा अयोग्य जहाज उडान भर्ने अनुमति दिएका कारण पनि दुर्घटना बढ्दै गएको हो ।
हरेक पल्ट हवाई दुर्घटना भएलगत्तै सरकारले आयोग गठन गर्दै आएको छ । हरेक समय गठन भएका आयोगहरुले प्रतिवेदन पनि सरकारलाई बुझाएकै छन् । तर, आयोगले दिएको सुझाव कार्यान्वयन भएको भने व्यवहारमा देखिएको छैन् ।
नेपाल हवाई उडानका लागि जिम्मेवार सरकारी निकाय प्राधिकरण हो । मुलुकको हवाई उडान सम्बन्धित सबै कार्य प्राधिकरणले हेर्ने गर्दछ । प्राधिकरणले हवाई उडान जस्तो अत्यन्तै सम्वेदनशील क्षेत्रलाई हल्का रुपमा लिदै आएको र त्यस अनुसारको सम्वेदनशीलता नदेखाएकै कारण मुलुकको हवाई क्षेत्र असुरक्षित बन्दै गएको जानकारहरु बताउँछन् । प्राधिकरण भित्र रहेको सुरक्षा विभागले कुनै पनि जहाज उडान भर्नुभन्दा अघि चेकजाँच गरेर सो जहाज उडान भर्नका लागि योग्य छ वा छैन भनेर विभागले स्वीकुती दिएपछि मात्रै जहाजले उडान भर्न पाउँछ । विभागले चेकजाँचको क्रममा सो जहाज उडान भर्नका लागि योग्य नभएको रिपोर्ट दियो भने सो जहाजले उडान भर्न पाउँदैन् । हवाई सुरक्षा विभागका उच्च अधिकारीहरुले जहाज उडान भर्नु अघि चेकजाँच गर्ने क्रममा लापरर्वाही र हेलचक्राई गर्दै आएका कारण प्राविधिक रुपले उडान भर्नका लागि योग्य नभएका जहाजहरुले पनि उडान भर्दै आउने गरेका छन् । प्राधिकरणका उच्च अधिकारीहरु जहाज कम्पनीका मालिकहरुसँग आर्थिक प्रलोभनमा परी उडानका लागि अयोग्य जहाजलाई पनि उडान भर्ने अनुमति दिदै आएका कारण हवाई यात्रा दिनानुदिन असुक्षित बन्दै जान थालेको हो । सुरक्षा विभागले चेकजाँचकै क्रममा लापरर्वाही र गैरजिम्मेवारीका कारण हवाई यात्रा असुरक्षित बन्दै गएको देखिएको छ । करिब तीन वर्ष अघि सुरक्षा विभागले अग्नि एयरको जहाज दुर्घटना भएको एक सातापछि जहाजहरुको अचानक चेकजाँच गरेको थियो । त्यति बेला स्वदेशी वायुसेवा कम्पनीका जहाज चेकजाँच गर्दा दशवटा जहाजमा खराबी देखापरेको थियो । सुरक्षा विभागले अचानक गरेको त्यतिबेला चेकजाँचको क्रममा श्री एयरको एक, काष्ठमण्डम एयरको तीन, एयर डाईनाष्टिकको एक र माउन्टेन एयरको एक जहाजमा खराबी रहेको अर्थात, उडान भर्न अयोग्य भएको देखाएको थियो । त्यतिबेला गरेको चेकजाँचको क्रममा जहाजका पार्टपूर्जा, उडान सुरक्षा, उपकरण र जहाजको अवस्थाको बारेमा चेकजाँच गरिएको थियो ।
अहिलेसम्म भएका दुर्घटनाका कारण एटीसी संचालनको गल्ती देखाउने गरिन्छ । धेरै जसो विमान दुर्घटनाको प्रतिवेदनमा पाइलटमाथि दोष थुपारिन्छ । तर यथार्थमा थोत्रा जहाज र बढी वजन दुर्घटनाका मुख्य कारण हुन् ।
छ दशक भन्दा लामो हवाई उडानको इतिहासमा नेपालको आकाशमा करिब ७० वटा हवाई जहाज दुर्घटना भएका छन् । जहाज दुर्घटना परेर मात्रै ज्यान गुमाउनेको संख्या ६ सय नागिसेको छ । छ दशक लामो हवाई इतिहासमा दुई दशककाबीचमा धेरै दुर्घटना भएका छन् । दुर्घटनामा परेर धेरै मानवीय क्षति भएका छन् । तथ्याकअनुसार २०२६ सालयता २४ वटा जहाज दुर्घटना परेका छन् । सरकारले सन् १९९० को दशकमा उदार आकाशको नीति लिएपछि नेपाली आकाशमा नीजी क्षेत्रका जहाजहरुले उडान भर्न थालेका हुन् । त्योसँगै नेपाल वायुसेवा निगमको एकाधिकारको अन्त्य भएको हो । यसबीचमा जहाजहरु थपिँदै गए । तर, त्यस अनुसारको सुरक्षा, पार्किङ, सुविधा, हवाई सेवा अनुगमन गर्ने निकायले प्रभावकारी ढंगले काम गर्न नसकेकै कारण हवाई क्षेत्र असुरक्षित बन्दै गएको हो । निजी कम्पनीका जहाज मालिकहरुले सुरक्षालाई भन्दा कमाईलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आएको र त्यसलाई प्राधिकरणका कर्मचारीहरुले पनि सघाउँदै आएका कारण हवाई सेवा असुरक्षित बन्दै आएको हो । प्राविधिकरुपले असुरक्षित जहाज कर्मचारीहरुको सहयोगमा अहिले पनि आकाशमा उडाउँदै आउने गरेको छ । त्यति मात्रै होइन् तिनै कर्मचारीहरुको मिलोमतोमा आवश्यकता भन्दा बढी तौल बोकेर जहाजहरुले उडान भर्दै आएका छन् । त्यो पनि असुरक्षाको अर्काे कारण हो ।
छ दशक भन्दा लामो हवाई उडानको इतिहासमा नेपालको आकाशमा करिब ७० वटा हवाई जहाज दुर्घटना भएका छन् । दुर्घटनामा ६ सय बढीले ज्यान गुमाएका छन् ।
मुलुकको सबै क्षेत्रलाई स्थलगत यातायातले जोड्न नसकेको अवस्थामा एक मात्र यात्राको विकल्प हवाई सेवा हो । त्यति मात्रै होइन, भुपरिवेष्टित देश भएकाले पनि छिटो र छरितो यात्राको एक मात्रै साधन हवाई सेवा नै हो । तर, नेपालमा एकपछि अर्को गर्दै हवाई दुर्घटना हुन थालेपछि आमनागरिक यो यात्रामा समेत असुरक्षा महसुस हुन थालेको छ । त्यसैले यसलाई सुरक्षित र भरपर्दो यातायातको साधन बनाउनका लागि सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुन जरुरी छ ।














प्रतिक्रिया