३० आश्विन २०८३, शुक्रबार

नेपालका भूकम्प पीडितलाई भियतनामी अमेरिकन समुदायको ४ करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahat-america (1)

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले विनाशकारी भूकम्पबाट नेपालमा धनजनको ठुलो क्षति भएकोमा दुख व्यक्त गर्दै वाशिंगटन डिसी स्थित नेपाली दूताबासमा एक टोली पुगी ४ करोड हस्तान्तरण गरेका छन् ।

भियतनामी अमेरिकन समुदायद्वारा सन् २००१ मा अमेरिकाको क्यालिफोर्नियाबाट प्रशारण हुदै आएको सैगुन ब्रोडकास्टिंग टेलिभिजन नेटवर्कको पहलमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीलाई भेटेर सहयोग रकम दूताबासमा बुझाएका छन् ।

rahat-america (3)

राजदूत डा. कार्कीले उक्त रकम बुझ्दै टोलीलाई नेपाल सरकार तथा दुताबासको तर्फबाट धन्यबाद दिनुभयो । राजदुत डा कार्कीले भियतनामी अमेरिकन समुदायले बुझाएको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोष मार्फत भूकम्प पीडितलाई दिइने बताउनुभयो ।

भियतनामी अमेरिकन समुदायको प्रतिनिधित्व गर्दै भेटघाट गरेको उक्त सैगुन ब्रोडकास्टिंग टेलिभिजन नेटवर्कले दुख ब्यक्त गर्दै आफुले यति सम्म आर्थिक सहयोग गर्न सकेको बताएका थिए । उक्त रकम टेलीभिजन नेटवर्कले आफ्ना दर्शक, शुभचिन्तकबाट नेपालका भूकम्प पीडितहरुका लागि संकलन गरिएको जानकारी दुताबासका मिनिस्टर कन्सुलर नारायण प्रसाद मैनालीले बताउनुभयो ।

rahat-america (2)सैगुन ब्रोडकास्टिंग टेलीभिजन नेटवर्कका उपाध्यक्ष दोफु को टोली तथा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा उक्त संचालक समितिका एक सदस्य रहेकी डा बिन्ह टि नुगेनको संयोजनमा डिसी दूताबासमा ४ लाख डलर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।