२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री राहत कोषमा नबिल बैंककोे दुई करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabil-bank-logo

काठमाडौँ, २८ जेठ । भूकम्पपीडितको सहयोगार्थ नबिल बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आज रु दुई करोड एक लाख सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले दिएको सो रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आफू लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासका लागि निरन्तर लागि पर्दै आएको बताउनुभयोे ।

बंैकका अध्यक्ष पौडेलले प्रधानमन्त्रीको नेतृत्वमा नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउने र विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्य निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनालसहित वरिष्ठ कर्मचारी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।