१७ कार्तिक २०८३, मंगलबार

अमेरिकाको टेक्सासमा नेपाली व्यापारीको गोली हानी हत्या (हेर्नुस् भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samira-siwakoti
टेक्सास, २८ जेठ । अमेरिकाको टेक्सास राज्यमा नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

टेक्सासको डेन्टनमा घर भई घर नजिकैको अर्को शहर कोलोनीमा व्यापार गर्ने समीरा शिवाकोटीको बुधबार आफैले संचालन गर्दै आएको स्टोरमा गोली हानी हत्या गरिएको हो । दिउँसो ११ बजेतिर एक लुटेराले उनीमाथि गोली हानेको थियो । प्रहरीका अनुसार, उनको अनुहारमा एक चोटी गोली प्रहार गरिएको थियो ।

बिगत ४ बर्ष देखि समीरा र उनका श्रीमान नवराज शिवाकोटीले यस स्टोर आफैले संचालन गर्दै आइरहेका थिए। ३१ बर्षीय समीराका ३ बर्ष भन्दा कम उमेरका दुर्इ छोरीहरु बताइएको छ । समीराको शब परीक्षणका लागी फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको बताइएको छ । टेक्सासमा नेपाली व्यापारीको हत्या भएपछि अमेरिकाको नेपाली समुदाय स्तब्ध बनेको टेक्सासबाट संचालन हुने हिमालय खबरले जनाएको छ ।
हेर्नुस् भिडियो: