३ कार्तिक २०८३, मंगलबार

सेनाले नियम मिचेर हतियार खरिद गर्न थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Army-Logoकाठमाडौं, २८ जेठ । नेपाली सेनाले टेन्डर प्रक्रिया बिना नै इजरायलबाट एकहजारभन्दा बढी संख्यामा गलिल राइफल, गोलीगठ्ठा र त्यसको पार्टपुर्जा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

सेनाले रक्षा मन्त्रालयको स्वीकृतिमा बिनाटेन्डर गभर्मेन्ट टु गभर्मेन्ट प्रणालीमार्फत हतियार ल्याउन इजरायली दूतावासमार्फत प्रक्रिया अघि बढाएको छ ।

रक्षा सचिव ईश्वरीप्रसाद पौड्यालले सेनाको नियमित बनेटमाबाटै हतियार किन्न लागेको बताएको कान्तिपुर दैनिकले छापेको छ ।