२९ आश्विन २०८३, बिहिबार

टि-२० विश्वकप छनोट खेल्नका लागि राष्ट्रिय टोलीको घोषणा, को-को परे टिममा ? (हेर्नुस तालिका)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-cricket-team

काठमाडौँ, २७ जेठ । यही जुलाई ३ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व टि–२० छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले चार वैकल्पिकसहित १९ खेलाडीको नामावली विज्ञप्तिमार्फत आज सार्वजनिक गरेको छ जसमा कप्तान पारस खड्कालाई कप्तानीको जिम्मेवारी दिइएको छ भने उपकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ ।

त्यस्तै, अन्य खेलाडीमा शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अनिल मण्डल, सुवास खकुरेल तथा विनोद भण्डारी छन् । त्यसैगरी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्रकुमार मुखिया, सोमपाल कामी, राजेश पुलामी मगर, करण केसी र सिद्धान्त लोहनीले पनि टोलीमा स्थान बनाएका छन् ।

मेहबुब आलम, पृथु बास्कोटा, भुवन कार्की तथा अविनाश कर्णले भने वैकल्पिक खेलाडीमा चित्त बुझाएका छन् ।

युरोप जाने टोलीको नेतृत्व क्यानकै कार्यबाहक अध्यक्ष दीपक कोइरालाले गर्नु हुनेछ भने व्यवस्थापकको जिम्मेवारी छुम्बी लामालाई तोकिएको छ ।

प्रशिक्षकमा श्रीलङ्काली मूलका क्यानाडेली नागरिक पुबुदु दसानायके, बलिङ तथा ब्याटिङ प्रशिक्षकमा क्रमशः विनोदकुमार दास तथा भारतीय नागरिक मोन्टी देशाई रहनुभएको छ । फिजियोमा भारतकै ऐजाज असई हुनुहुन्छ भने प्राविधिक विश्लेषकमा रमण सिवाकोटीलाई जिम्मेवारी दिइएको क्यानको विज्ञप्तिमा उल्लेख छ ।

आइसिसी विश्व टि–२० छनोट खेल्ने राष्ट्रिय क्रिकेट टोली (नामावली)

१) कप्तान पारस खड्का
२) उपकप्तान ज्ञानेन्द्र मल्ल
३) शक्ति गौचन
४) वसन्त रेग्मी
५) शरद भेष्वाकर
६) अनिल मण्डल
७) सुवास खकुरेल
८) विनोद भण्डारी
९) प्रदीप ऐरी
१०) सागर पुन
११) जितेन्द्रकुमार मुखिया
१२) सोमपाल कामी
१३) राजेश पुलामी मगर
१४) करण केसी
१५) सिद्धान्त लोहनी

– वैकल्पिक खेलाडी
१) मेहबुब आलम
२) पृथु बास्कोटा
३) भुवन कार्की
४) अविनाश कर्ण