३० आश्विन २०८३, शुक्रबार

सुष्माले नचाइन्, मनोजले हँसाए (हेर्नुस फोटोहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susma-adhikari (4)धनगढी । भूकम्पको त्रास कायमै रहेका बेला कलाकारहरू पीडा भुलाउन भूकम्प प्रभावित क्षेत्र गएर विभिन्न सांगीतिक कार्यक्रममा सहभागि हुन थालेका छन् ।

धादिङको छेत्र देउरालीस्थित साना किसान सहरी माध्यमिक विद्यालयको भूकम्प बिशेष जनचेतनामूलक एवं सांगीतिक कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल, नायिका सुष्मा अधिकारी, संगीतकार टीका भण्डारी, निसा देसार त्यहाँ पुगेका थिए ।

विद्यालयका बालबालिकामा भूकम्पीय त्रास घटाउन तथा स्थानीयलाई हौसला प्रदान गर्न आयोजित कार्यक्रममा कलाकारहरूले भरपुर मनोरञ्जन दिए ।

हास्य कलाकार मनोज गजुरेलले भूकम्पका विभिन्न प्रसंग बनाएर दर्शकलाई हँसाए । संगीतकार टीका भण्डारी, निसा देसारले गीत प्रस्तुत गरे ।

नायिका एवं मोडल सुष्मा अधिकारी छमछम नाचिन् । सुष्मासंगै बालबालिकाहरू पनि भूकम्पको त्रास बिर्सेर छमछमी नाचे । सांगीतिक कार्यक्रममा विद्यालयमा रहेका बालबालिकासँगै शिक्षक र अभिभावक समेत खुब रमाए ।

susma-adhikari (2) susma-adhikari (1)