३० आश्विन २०८३, शुक्रबार

डोर्नियर विमानको जहाज बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter

काठमाडौं, २७ जेठ । भारतीय आकाशमा उडिरहेको डोर्नियर विमानको एक जहाज सोमबार रातिबाट वेपत्ता भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार तटरक्षक डोर्नियर एयरक्राफ्ट सोमबार राति १० बजेदेखि हराएको हो । अधिकारीका अनुसार विमानस्थलबाट सोमबार साँझ ५ः३० बजे उडेको डोर्नियर एयरक्राफ्ट सोमबार राति १० बजेदेखि सम्पर्कबिहीन भएको हो ।

तीन जना सवार रहेको भारतीय तटरक्षक उक्त जहाज सोमबार राति एकाएक सम्पर्कविहिन भएको थियो ।
नागरिक उड्डयन अधिकारीहरुका अनुसार सो जहाजसँग अन्तिम पटक राति १० बजे तिरुचिरापल्ली क्षेत्र नजिकै सम्पर्क भएको थियो ।

हराइरहेको जहाज भारतीय तट रक्षक तथा नौसेनाको टोलीले खोजी गरिरहेको छ । जहाजमा रहेका दुई चालक उच्च अनुभवी रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

तमिलनाडु कोस्ट गार्ड सेक्युरेटी ग्रुपले व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ । एजेन्सी