काठमाडौं, २७ जेठ । काठमाडौंको धापासीबाट गोल्फूटार जाने ओरालोमा पर्ने टोखा–७ मा मंगलबार साँझ निजी स्यान्ट्रो कार पल्टिएको छ। कारका चलाइरहेका झापा केराबारी स्थायी घर भएका गाडिका ३५ वर्षका किशोर थपलिया घाइते भएका छन्।
बा ५ च ६३३६ नम्बरको सो कार सडकबाट तल पल्टिएर रुखमा अड्किएको प्रत्यक्षदर्शी कृष्ण गदलले बताए। घाइते चालकलाई बेहोस अवस्थामा उपचरका लागि अस्पताल पुर्याइएको बताइएको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।















प्रतिक्रिया