३ कार्तिक २०८३, मंगलबार

मध्यराति किन सन्किए लोकमान ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-Sing-Karki

काठमाडौं, २७ जेठ । देशले शाही शासनबाट मुक्ति पाइसकेको छ । तर, नयाँ–नयाँ रंग र ढंगका महाराजाहरु ओइरिन थालेपछि राष्ट्रसेवकहरु नै मारमा परेका छन् ।

शक्तिपीठहरुको दर्शन गर्न हेलिकोप्टर चार्टर गरेका लोकमानबाट हो, ठाउँ ठाउँका प्रहरी अधिकृतले गत साता हैरानी व्यहोरेको । लोकमान आएको कुरा सुनेर उनको खातिरदारीमा नेपालगन्जमा भएभरका प्रहरी हाकिम जुट्ने नै भए ।

पत्नीसहित पुगेका उनलाई राम्रोसँग राख्ने र मीडो खुवाउने काममा खटेका हाकिमहरुले मध्यरात कुकुरले नपाउने दुःख पाए । त्यहाँको सबैभन्दा सुविधासम्पन्न भनिने भवानी राणा सञ्चालिका रहेको होटल स्नेहामा बसेका थिए, लोकमान ।

भगवानको पाऊ पर्न हिँडेका उनले त्यहाँ मदिरा र मासुका सितनसँग रात काट्न थाले । अब सुत्लान कि भन्दाभन्दै ड्युटी बसेका प्रहरी अधिकृतहरु आफैं झुप्प झुप्प निदाउने अवस्थामा पुगे । रातको १२ बजे लोकमान पड्किए, ‘यस्तो पनि हुन्छ ? के सम्झिएका छन् यिनीहरुले ? मलाई यहाँ ल्याएर राख्ने ? एउटा कार्पेट सद्दे छैन । यस्तो फोहोरको डंगुरमा ल्याएर राख्ने ?’ यसरी लोकमान पड्किएपछि होटलभरि हंगामा भयो ।

यस्तो ठाउँमा बसिन्नँ भन्दै घुर्की लगाएका लोकमानले प्रहरीहरुलाई नै अह्राय, गाडी ठीक पार । धनगढी जान्छु ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।