काठमाडौं, २७ जेठ । विनाशकारी भूकम्प र त्यसपछि पटकपटक आएका पराकम्नले शिथिल भएको जनजीवन तंग्रिन नपाउँदै निजी विद्यालयले अभिभावकसँग विभिन्न शीर्षकमा शुल्क असुल्न थालेका छन् ।
भूकम्पपछि बन्द शैक्षिक संस्था खुलेको १ साता बित्न नपाउँदै निजी विद्यालयले बिदाको समेत शुल्क तिर्न अभिभावकलाई दबाब दिइरहेको कारोबार दैनिकले छापेको छ ।
भूकम्पले प्रभावित १४ जिल्लामा शैक्षिक संस्था सञ्चालन गर्न नसक्ने अवस्था आएपछि सरकारले वैशाख १२ देखि जेठ १५ सम्म विद्यालय बन्द गराएको थियो ।
अहिले विद्यार्थीलाई मानसिक रुपमा सामान्य बनाउन गीत, संगीत, खेलकुदजस्ता अतिरिक्त क्रियाकलापमा जोड दिइएको छ ।
अभिभावक भने विभिन्न शीर्षकका शुल्कले रन्थनिएका छन् ।















प्रतिक्रिया