काभ्रे, २७ जेठ । भूकम्पपीडितलाई बाँड्न काभ्रेको विकट कोसीपारि, चौबास गाविसमा लगिएको सरकारी राहतको चामल र चिउरा बेच्ने उद्देश्यले लुकाइएको खुलासा भएको छ।
स्थानीयको उजुरीका आधारमा काभ्रे प्रहरीले तीन पसलबाट ४५ बोरा चामल र २० बोरा चिउरा बरामद गरेको हो।
‘चौबासमा वितरण गर्ने भनेर लगिएको खाद्य संस्थानको चामल र चिउरा गोठपानी, सानो वाङथली र धुसेनी शिवालयका तीनवटा पसलमा बेच्ने उद्देश्यले लुकाइएको फेला पारेका हौं’, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले भने।
प्रहरीले खाद्यान्न बरामदलगत्तै गोठपानी–९ का गुणप्रसाद चौलागाईं र कृष्णप्रसाद चौंलागाईं, धुसेनी शिवालयका इन्द्र लामा, पुन्जु शेर्पा र ट्रक चालक प्रकाश तामाङलाई पक्राउ गरेको नागरिक दैनिकले छापेको छ ।
यस्तै, सरकारी राहत बेच्ने प्रयोजनले लुकाउन संलग्न भएको भन्दै चौबास–७ का सूर्यबहादुर तामाङ र छोरा विजयलाई समेत पक्राउ गरेको छ।















प्रतिक्रिया