३ कार्तिक २०८३, मंगलबार

स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रै सामूहिक बलात्कार, मनले कसरी मान्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeधरान, २७ जेठ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सोमबार राति १५ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

सात आठ जनाको समूहमा आएका युवाले प्रेमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिष्ठान परिसरको पश्चिमतर्फको चौरमा साथीसँग बसिरहेकी धरान १७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर बलात्कार गरेको धरान प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका युवाहरुको समूहले ती किशोरीको प्रेमीलाई पनि निर्धाट कुटपीट गरेका थिए ।