२९ आश्विन २०८३, बिहिबार

हिमालमा पिसाब फेरेका कारण मलेसियामा शक्तिशाली भूकम्प ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malisya-kinnar-Himal

काठमाडौं । गत शुक्रबार मलेसियामा गएको शक्तिशाली भूकम्पबारे नयाँ–नयाँ अनुमान गरिएका छन् ।

नेपालमा भूकम्प गएपछि विभिन्न अनुमान नगरिएका होइनन् । तर मलेसियामा गएको शक्तिशाली भूकम्पको अनौठो अनुमान गरिएको छ । हिमालका संरक्षकहरुले आरोहणमा आएका पर्यटकहरुले किनाबालु हिमालमा नाङ्गै भएर पिसाब फेरेका कारण मलेसियामा शक्तिशाली भूकम्प गएको बताएका छन् ।

उनीहरुले पर्यटकले नाङ्गै पिसाब फेरेको घटनाप्रति आक्रोश समेत व्यक्त गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम द स्टारका अनुसार हिमालमा पर्यटकहरु नाङ्गिएर पिसाब फेरेकाले पवित्र हिमाली क्षेत्रलाई अपवित्र बनाइदियो, जसका कारण हिमालको आत्मा बहुलाएर शक्तिशाली भूकम्प आयो ।’

मलेसियाका स्थानीय हिमाललाई पवित्र स्थल मान्छन् । हिमालमा चार महिला सहित १० जना पर्यटकहरुले नाङ्गै पिसाब फेरेका थिए । यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

हिमालको सबह पार्कका निर्देशक दातुक जमिली नाइजले पार्कको नियमविपरित चार महिला र ६ पुरुष पर्यटकले कपडा खोलेर पिसाब फेर्दै फोटो खिचेको बताए ।

स्थानीय गाइडले पिसाब फेर्न रोक लगाएपनि पर्यटकहरुले उनलाई मुर्ख भन्दै गाली गरेका थिए । हिमालका गाइड तथा पर्यटकहरुलाई हिमालमा नाङ्गिन प्रतिबन्ध छ । अधिकांश ती पर्यटकको कडा आलोचना गर्दै गालि गरेका छन् ।

शुक्रबार मलेसियाको पश्चिम तटीय क्षेत्रलाई केन्द्र बनाउँदै ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट ११ जनाको मृत्यु भइसकेको छ । एजेन्सी