६ कार्तिक २०८३, शुक्रबार

१८ बर्षीया अनिता आँपको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । आँप खान गएकी एक युवतीको लास फेला परेको छ ।

धनुषा मिथिला नगरपालिका–६ ढल्केबर बस्ने १८ बर्षीया अनिता दास मंगलबार सोही ठाउँको आँपको रुखमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

यसैगरी बारा निजगढ नगरपालिका–१२ रामथलीबस्ने ५३ बर्षीया कान्छीमाया जिम्मा मंगलबार आप्mनै घरको धुरीको बलोमा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस्तै, सिराहा नगरपालिका–१५ मा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।