६ कार्तिक २०८३, शुक्रबार

भूकम्प पीडितलाई पोखरेली साहित्यकारहरुको राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sammohanपोखरा, २६ जेठ । महाभूकम्पबाट पीडितहरुका लागि पोखरेली साहित्यकारहरुले राहत प्रदान गरेका छन् ।

सम्मोहन साहित्यिक पत्रिकाको संयोजनमा पोखरेली साहित्यकारहरुबाट सङ्कलित ५७ हजार ९३० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको हो ।

नेपाल बैङ्क लिमिटेडमार्फत् जम्मा गरिएको रकमको भौचर कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीलाई सम्मोहनका प्रधान सम्पादक तथा प्रकाशक रुपिन्द्र प्रभावी, सम्पादकद्धय सुरज उपाध्याय, अल्पज्ञानी र कपिल शर्मा ‘सञ्जोग’ले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

सङ्कलित जम्मा ८७ हजार ९३० रुपैयाँमध्ये यसअघि पोखराका युवाहरुद्वारा सञ्चालित युवा स्वयम् सेवा अभियानलाई विद्यालय निर्माणका लागि ३० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

साहित्यकारहरु भावनात्मक रचना लेखनमा मात्र सीमित नभई देशमा विपत्ति आइपर्दा समाधानका लागि जुट्नुपर्छ भन्ने उद्देश्यले सञ्चालित राहत सङ्कलन अभियानमा अल्पज्ञानी, सुरज उपाध्याय, कपिल शर्मा, रुपिन्द्र प्रभावी, रामचन्द्र अधिकारी, ईश्वरमणि अधिकारी, रीता अधिकारी ‘ऋतु’, दीपक समीप, अमृत सुवेदी ‘गुराँस’, गनेस पौडेल, विष्णु अल्पविराम, सरला लामिछाने ‘सरु’, बिर्सना बस्नेत, अनुराग अधिकारी, लक्ष्मण थापा, जीवन सागर भण्डारी, किसान, सरस्वती प्रतीक्षा, पूर्णबहादुर राना, केशवशरण लामिछाने, अनुपमणि अधिकारी, भरत हरिजन, अर्जुन अधिकारी, मोती भुजेल, नवराज ढकाल, हरिदेवी कोइराला, सरुभक्त, दीपक अधिकारी (दुबई), जीवनाथ बराल, अम्बिका भण्डारी, अच्युतप्रसाद श्रेष्ठ, अर्जुनकुमार ढकाल, सुरेश रानाभाट, झलक थापा, नवनीत साहित्य सागर, तारा काफ्ले, लोकचन्द्र खनाल, अथाहसागर तीर्थमान, गोविन्द्र सिञ्जाली, रेश्मा कार्कीलगायतले आफूले सक्दो रकम सहयोग गर्नुभएको थियो ।

पत्रिका प्रकाशनका अलावा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको सम्मोहनले यसअघि कवि इन्द्र राना ‘प्रतीक’की श्रीमतीको उपचारका लागि अर्थ सङ्कलन अभियान सम्पन्न गरेको थियो ।