१७ कार्तिक २०८३, मंगलबार

पुनरावेदनका २८ अतिरिक्त न्यायाधीशको म्याद थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A meeting of the Constitutional Councilकाठमाडौँ, २६ जेठ । न्याय परिषद्को आजेको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ ।

न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव कृष्ण गिरीले रासससँगको कुराकानीमा पुनरावेदन अदालतमा कार्यरत २८ न्यायाधीशको सेवाको म्याद समाप्त भएकाले सेवालाई निरन्तरता दिन छ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो ।

पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको आजकै दिनबाट म्याद सकिएको थियो ।

न्याय परिषद्को बैठकअनुसार उनीहरूलाई २०७० जेठ २७ को निर्णयअनुसार पुनरावेदनको अतिरिक्त न्यायाधीशमा नियुक्ति गरिएकामा गत वर्ष एक वर्षका लागि म्याद थप गरिएको थियो ।

अस्थायी न्यायाधीशहरूले पुनः म्याद थप गर्न प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँग आग्रहसमेत गरेका थिए ।

नेपाल बार एशोसिएसनले दुई वर्षदेखि निरन्तर न्याय सम्पादन गर्दै आएका अतिरिक्त न्यायाधीशको म्याद सकिन लागेकाले न्याय परिषद्को बैठक बोलाई तत्काल निर्णय लिन सोमबार विज्ञप्ति जारी गरी आग्रह गरेको थियो । रासस