६ कार्तिक २०८३, शुक्रबार

रकम हिनामिनाको आरोपमा एक महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arrestedइलाम, २६ जेठ । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा यहाँ एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई वर्षदेखि संस्थाको हिसाब हिनामिना गरेको भन्दै शान्तिपुर– ५ मा रहेको सूर्यविनायक कृषि सहकारी संस्थाकी व्यवस्थापक कमला बराललाई प्रहरीले पक्राउ गरेको हो ।

संस्थाको हिसाब देखाउन नसकेपछि सञ्चालक समितिले दिएको उजुरीको आधारमा व्यवस्थापक बराललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

सञ्चालक बराललाई संस्थाको करिब रु २१ लाख हिनामिना गरेको आरोप लागेको छ । डिभिजन सहकारी कार्यालयमा इलाम नगरपालिकासहित छिमेकी गाविसबाट समेत संस्थाको रकम अनियमिता गरेको भन्दै उजुरी परेको थियो ।

बरालले इलाम नगरपालिका– १ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था, सोही वडाकै चौदृष्टि कृषि सहकारी संस्था र साङरुम्बा गाविसको रत्नमाई बचत तथा ऋण सहकारी संस्थाको रकम समेत हिनामिना गरेको भन्दै उजुरी परेको प्रहरी सहायक निरीक्षक देवेन्द्र राईले जानकारी दिनुभयो । रासस