१७ कार्तिक २०८३, मंगलबार

एमालेले गाउँ-गाउँमा बनायो १५ हजार घर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building-Bhukampa3काठमाडौं, २६ जेठ । नेपालमा आएको विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा पुनर्निर्माणका खटिएका नेकपा एमालेका स्वयंसेवकले मंगलबारसम्म १५ हजार घर निर्माण गरेका छन् ।

मंगलबार जारी विज्ञप्ती अनुसार विनाशकारी भूकम्पपश्चात् राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि एमालेले सञ्चालन गरेको राष्ट्रिय स्वयंसेवक परिचालन अभियान अन्तर्गत स्वयंसेवकहरुले १५ हजार २१० वटा घर निर्माण गरेका हुन् । निर्माण गरिएका अस्थायी टहरा पीडितलाई हस्तान्तरण गरेको जनाएको छ ।

अहिलेको प्रचण्ड गर्मी, भौगोलिक विकटताका अनेकौं प्रतिकूलताहरूलाई चिर्दै स्वयंसेवकहरूले अदम्य प्रतिबद्धता, उत्साह र मेहेनतका साथ आफ्नो कामलाई अगाडि बढाएर पीडितको घाउमा मलम लगाउने काम गरेको एमालेले जनाएको छ ।

‘बिहान सबेरै उठ्नु, नित्यकार्य गर्नु र रातो ज्याकेट तथा रंगीचंगी हेलमेटमा सजिएर जनताको सेवाका काममा लाग्नु स्वयंसेवकहरूको दैनिकीजस्तै बनेको छ । सबै स्वयंसेवक टोलीले सामान्यतयाः दैनिक ८ घण्टा काम गर्नुभएको छ भने कतिपय टोलीहरूले १६ घण्टासम्म पनि परिश्रम गरेका उदाहरण छन् ।’ विज्ञप्तीमा भनिएको छ ।

Umlएमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्ती अनुसार अभियानको क्रममा स्वयंसेवकहरुले कूल १५ हजार २ सय १० नयाँ अस्थायी घर तथा ५ सय १४ क्याम्पस/विद्यालयहरूका अस्थायी संरचना समेत निर्माण गरेका छन् ।

दर्जनौं स्वास्थ्य चौकी, आमा समूह लगायतका सामुदायिक भवन आदिसमेत निर्माण गरिएको छ । १४ हजार ३ सय भत्किएका संरचनाहरूको भग्नावशेष हटाई सफाई गरिएको छ । मठ, मन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको सफाई गर्ने एवं धेरै ठाउँमा अवरुद्ध बाटो खुला गर्ने क्रम पनि जारी रहेको एमालेले जनाएको छ ।

यस्तै, एमालेले आगामी जेठ ३१ गते ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको सरसफाई कार्यक्रम सम्पन्न गर्ने भएको छ । सरकारले असार ३२ गते (जून १५) देखि ऐतिहासिक सम्पदाहरू पर्यटकहरूका लागि खुला गर्ने सन्दर्भलाई विशेष मध्यनजर गरी यस अभियानमा परिचालित स्वयंसेवकहरू सबै त्यस्ता सम्पदाहरूको सरसफाई अभियानमा केन्द्रित हुने बताइएको छ ।

यस्तै, असार ४, ५ र ६ गते २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा स्थानीय पार्टी कमिटीहरूले सबै पार्टी सदस्यहरूलाई अनिवार्य श्रमदानमा परिचालित गरिने छ । भूकम्प पीडित क्षेत्रका विद्यालयहरूमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनको सहकार्यमा मनोपरामर्श कार्यक्रम सञ्चालन गरिने छ ।

uml-1असार ८ गते कञ्चनजंघा पदमार्गअन्तर्गत ताप्लेजुङ, सगरमाथा आरोहणको प्रवेशद्वारा सोलुखुम्बुको लुक्ला, अन्नपूर्ण पदमार्गअन्तर्गत पोखरा र जोमसोम, चितवनको सौराहा, शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जनकपुर, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, प्यूठानको स्वर्गद्वारी, मुगुको रारा र सुदूरपश्चिमको खप्तडालाई केन्द्रित गरी ‘हाम्रो सम्पदा : हाम्रो पहिचान; विदेशी पाहुनालाई गर्छौं सम्मान !’ भन्ने आह्वानका साथ स्वयंसेवकहरूले विशेष पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन समेत गर्दैछन् ।

यही जेठ १० गतेबाट सुरु भएको अभियान तिव्र रुपमा अगाडि बढीरहेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ । यस्तै, सरकारले भूकम्प पीडितहरूका लागि घोषणा गरिसकेको रकम अविलम्ब पीडितहरूसमक्ष पुर्‍याउन, राहत वितरणमा अनियमितता गर्नेहरूमाथि कडा कारवाही गर्न एवं सार्वजनिक स्थल, सामुदायिक वन र जंगल क्षेत्रमा भइरहेको अतिक्रमणलाई अविलम्ब रोक्नसमेत एमालेले माग समेत गरेको छ ।

हेर्नुस एमालेले जारी गरेको विज्ञप्ती जस्ताको तेस्तै :

प्रेस विज्ञप्ति

विनाशकारी भूकम्पपश्चात् राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि नेकपा (एमाले)द्वारा संचालित राष्ट्रिय स्वयंसेवक परिचालन अभियान जारी छ । प्रचण्ड गर्मी, भौगोलिक विकटताका अनेकौं प्रतिकूलताहरूलाई चिर्दै हाम्रा स्वयंसेवक कमरेडहरूले अदम्य प्रतिबद्धता, उत्साह र मेहेनतका साथ आफ्ना काम अघि बढाइरहनुभएको छ । बिहान सबेरै उठ्नु, नित्यकार्य गर्नु र रातो ज्याकेट तथा रंगीचंगी हेलमेटमा सजिएर जनताको सेवाका काममा लाग्नु स्वयंसेवकहरूको दैनिकीजस्तै बनेको छ । सबै स्वयंसेवक टोलीले सामान्यतयाः दैनिक ८ घण्टा काम गर्नुभएको छ भने कतिपय टोलीहरूले १६ घण्टासम्म पनि परिश्रम गरेका उदाहरण छन् ।
यो अभियानले जनता र राजनीतिक दलहरूबीचको सम्बन्धलाई घनिष्ठरुपमा पुनस्र्थापित गरेको छ । पार्टीका स्वयंसेवकहरूले भत्केका स्कूल र घर मात्रै बनाउनुभएको छैन, नेपालको लोकतान्त्रिक परम्परा र अभ्यासलाई समाज र गाउँ–बस्तीमा दह्रोगरी स्थापित गर्ने काम पनि गर्नुभएको छ । सँगै बस्ने, सँगै खाने र समान रुपले श्रम गर्ने स्वयंसेवकहरूको दैनिक कार्यतालिकाले नयाँ स्वरुपको सामुहिकताको दृष्टान्त प्रस्तुत गरेको छ । यसले एकप्रकारको समाजवादी जीवनशैलीको झझल्कोसमेत दिएको छ । यस अभियानले सिंगो पार्टीलाई जनता र जनसेवातिर अभिमुख गराउने सफलता हासिल गरेको छ ।
प्रिय पत्रकार मित्रहरू,
०७२ जेठ २५ गते मध्यराती बालुवाटारमा नेपालका मुख्य राजनीतिक दलहरूका बीच भएको सहमतिले हाम्रो जारी स्वयंसेवक परिचालन अभियानलाई थप उत्साहित बनाएको छ । यो सहमतिले गाउँ–बस्तीमा नयाँ आशा पलाएको छ । नेपाली मन, नेपाली धन र नेपाली परिश्रमबाट नेपाल राष्ट्रको नवनिर्माणका लागि यो सहमति एउटा महत्वपूर्ण प्रस्थानबिन्दु र कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।
संविधान निर्माणको लागि भएको यस ऐतिहासिक सहमतिसँगै पार्टीद्वारा सञ्चालित स्वयंसेवक परिचालन अभियान नयाँ चरणमा प्रवेश गरेको छ । अब स्थानीय पार्टी कमिटीहरूको योजना, नेतृत्व र व्यवस्थापनमा यो अभियान जारी रहनेछ । यो अभियानमा तोकिएका स्वयंसेवकहरू मात्र होइन, पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यहरू स्वतः स्वयंसेवक बन्नुपर्नेछ । स्वयंसेवक परिचालन अभियानअन्र्तगत आगामी असार ४ देखि ६ गतेसम्म तीन दिन सबै पार्टी सदस्यहरूले आफ्नो क्षेत्रमा अनिवार्य श्रम गर्ने निर्णय यस अभियान परिचालन समितिको आज सम्पन्न सचिवालय बैठकले गरेको छ । सम्बन्धित क्षेत्रीय कमिटीहरूले यसको ठोस योजना बनाई सिर्जनशील र रचनात्मक रुपमा कार्यान्वयन गर्नेछन् ।
चालू अभियानका क्रममा अत्यन्तै जोखिमपूर्ण कामहरू भएका छन् । तीन दर्जनभन्दा बढी स्वयंसेवक कमरेडहरू यसक्रममा घाइते भएको र कतिपय कमरेडहरू विरामीसमेत परेको अवस्था छ । हामी उहाँहरू सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ्रं । पार्टी उहाँहरूको उपचारको जिम्मेवारी लिने घोषणा गर्दछ ।
हिमाल, पहाड र तराई एवम् हरेक जाति र जनजाति तथा राजनीतिक शक्तिहरू खासमा सिंगो नेपाल राष्ट्रलाई एकताबद्ध बनाउँदै देश र विदेशमा समेत सकारात्मक सन्देश प्रवाह गरेको यो अभियान हाम्रो पार्टी जीवनमै अविस्मरणीय बनेको छ ।
यस अभियानको क्रममा कूल १५ हजार २ सय १० नयाँ अस्थायी घर तथा ५ सय १४ क्याम्पस÷ विद्यालयहरूका अस्थायी संरचनासमेत निर्माण गरिएको छ । दर्जनौं स्वास्थ्य चौकी, आमा समूहलगायतका सामुदायिक भवन आदिसमेत निर्माण गरिएको छ । १४ हजार ३ सय भत्किएका संरचनाहरूको भग्नावशेष हटाई सफाई गरिएको छ । मठ, मन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको सफाई गर्ने एवं धेरै ठाउँमा अवरुद्ध बाटो खुला गर्ने क्रम जारी रहेको छ ।
यस अभियानअन्तर्गत निम्न कार्यक्रमहरू तय गरिएको छ ः
ड्ड २०७२ जेठ ३१ गते ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको सरसफाई कार्यक्रम सम्पन्न गरिनेछ । सरकारले असार ३२ गते (जून १५) देखि ऐतिहासिक सम्पदाहरू पर्यटकहरूका लागि खुला गर्ने सन्दर्भलाई विशेष मध्यनजर गरी यस अभियानमा परिचालित स्वयंसेवकहरू सबै त्यस्ता सम्पदाहरूको सरसफाई अभियानमा केन्द्रित हुनेछन् ।
ड्ड २०७२ असार १ गते भूकम्प पीडित राहत तथा उद्धार समन्वय समितिले व्यवस्थित बस्ती विकासको दीर्घकालीन अवधारणा र आधारपत्र निर्माण गर्न पार्टी नेतृत्व र विज्ञहरूसहितको छलफल र अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नेछ । विपद् व्यवस्थापनको अधिकारसम्पन्न संयन्त्र र नीतिगत सुझाव प्रस्तुत गर्न उक्त कार्यक्रम केन्द्रित हुनेछ ।
ड्ड २०७२ असार ४, ५ र ६ गते २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा स्थानीय पार्टी कमिटीहरूले सबै पार्टी सदस्यहरूलाई अनिवार्य श्रमदानमा परिचालित गर्नेछन् ।
ड्ड भूकम्प पीडित क्षेत्रका विद्यालयहरूमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनको सहकार्यमा मनोपरामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड २०७२ असार ८ गते कञ्चनजंघा पदमार्गअन्तर्गत ताप्लेजुङ, सगरमाथा आरोहणको प्रवेशद्वारा सोलुखुम्बुको लुक्ला, अन्नपूर्ण पदमार्गअन्तर्गत पोखरा र जोमसोम, चितवनको सौराहा, शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जनकपुर, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, प्यूठानको स्वर्गद्वारी, मुगुको रारा र सुदूरपश्चिमको खप्तडालाई केन्द्रित गरी ‘हाम्रो सम्पदा ः हाम्रो पहिचान; विदेशी पाहुनालाई गर्छौं सम्मान !’ भन्ने आह्वानका साथ स्वयंसेवकहरूले विशेष पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गर्नेछन् । र, पार्टीका सम्बन्धित कमिटीहरूले यस कार्यक्रमको संयोजन गर्नेछन् ।
सरकारले भूकम्प पीडितहरूका लागि घोषणा गरिसकेको रकम अविलम्ब पीडितहरूसमक्ष पु¥याउन, राहत वितरणमा अनियमितता गर्नेहरूमाथि कडा कारवाही गर्न एवं सार्वजनिक स्थल, सामुदायिक वन र जंगल क्षेत्रमा भइरहेको अतिक्रमणलाई अविलम्ब रोक्नसमेत हामी जोडदार माग गर्न चाहन्छौं ।
नेकपा (एमाले) स्वयंसेवक अभियान नामक फेसबुकअन्तर्गत यस अभियानसँग सम्बन्धित ३५ जीबी तस्विर संकलित र सुरक्षित गरिएको जानकारी पनि यस अवसरमा दिन चाहन्छौं । यस अभियानलाई ट्विटरमा बदजष्थबबल)गm िफलो गर्न सकिन्छ ।
पार्टीले स्थापना गरेको केन्द्रीय राहत कोषमा आज यसै पत्रकार सम्मेलनमार्फत् नवलपरासी जिल्ला कमिटीले जिन्सी र नगदसहित २० लाख ७३ हजार ४ सय ४५, डा. कृष्णगोपाल महर्जनद्वारा २ लाख, कमरेड पुष्पज्योति ढुंगानाद्वारा १ लाख र पार्टी केन्द्रीय कार्यालयका कर्मचारीहरूका तर्फबाट ५२ हजार नगद जम्मा गरिएको छ ।
योगेश भट्टराई
प्रमुख
केन्द्रीय प्रचार समिति