काठमाडौँ, २६ जेठ । व्यापारीलाई कुटपिट गरेर काठमाडौंको दरबार मार्गमा मंगलबार विहानै लुटपाट भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार लुटेराहरुले रोयल होटल दरबारमार्गका संचालक ३१ बर्षीय सन्तोष आचार्यलाई कुटपिट गरी नगद ४० हजार रुपैयाँ लुटेर लगेका हुन् ।
होटल बन्द गरी सिनामंगलतर्फ जाँदै गरेको अवस्थामा मंगलबार काठमाडौँ महानगरपालिका–३३ ज्ञानेश्वर ओरालोमा नम्बर खुल्न नसकेको सिल्भर कलरको बुलेट मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले उनलाई सामान्य कुटपिट गरी उक्त नगद लुटपाट गरेका थिए ।
फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया