काठमाडौँ, २६ जेठ । नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध सहित एक विदेशी पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पासपोर्ट नम्वर ०८ एएल २१६०० बाहक फ्रान्सेली नागरिक ३३ बर्षीय गुईचाभड् जुइमलाई १५ खिल्ली पाईलट चुरोट भित्र गाँजा भरी लैजान लागेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।
जुइमलाई आवश्यक कारवाहीको लागि लागू औषध नियन्त्रण व्यूरोमा बुझाइएको छ । यस्तै, झापा पृथ्वीनगर–८ बस्ने ३५ बर्षीया चन्द्रकला गुरुङलाई प्रहरीले नियन्त्रित लागू औषध कोरेक्स ५ बोतल, नाईट्रोजन २५ ट्याव्लेट र सिम्प्लेक्स ४१ ट्याव्लेट सहित पक्राउ गरेको छ ।
गुरुङले घरमा लागू औषधको विक्री बितरण गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी पृथ्वीनगरबाट सोमबार खटिएको प्रहरी टोलीले उनलाई बिक्री बितरण गर्दै गरेको अवस्थामा उक्त नियन्त्रित लागू औषध सहित पक्राउ गरेको हो ।















प्रतिक्रिया