१७ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा श्रीमानलाई मार्न प्रेमीसँग मिलेर श्रीमतीले नै योजना बनाएपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackकाठमाडौँ, २६ जेठ । काठमाडौंमा दिनदहाडै गोली प्रहार गरी आफ्नै साथीका श्रीमानको हत्या गर्ने एक अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् ।

गोली प्रहार घटनामा संलग्न रही ८ वर्षेदखि फरार रहेका काठमाडौँ महानगरपालिका-२ गैह्रीधारा सरस्वती मार्ग बस्ने २९ बर्षीय डेनिश श्रेष्ठलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

२०६४ साल फागुन ५ गते विहान ४ बजे कास्की धम्पुस-६ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भु बुद्धपार्क, बिनायक मार्ग डेरा गरी बस्दै आएका २८ बर्षीय प्रेम कुमार गुरुङलाई डेनिशले गोली हानेका थिए ।

गोली लागेर गम्भीर घाइते प्रेम कुमारको उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धान गर्दा प्रेम कुमारकी श्रीमती समेत फन्दामा परेकी थिईन् । अनुसन्धानमा प्रेम कुमारकी श्रीमती अनिता गुरुङको योजनामा डेनिश श्रेष्ठले गोली हानेको पुष्टि भएको थियो ।

डेनिशसँग अनिताको मायाप्रेम चलिरहेकाले प्रेमकुमारलाई बाटोबाट हटाउन गोली प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको थियो । प्रेमकुमारलाई गोली हानेपछि डेनिश फरार भएका थिए ।

गोली प्रहार गरी हत्या गरेको घटनामा फरार रहेका श्रेष्ठलाई प्रहरीले जेठ २२ गते गैह्रीधारा सरस्वती मार्गबाट ८ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

घटना पश्चात अभियुक्त श्रेष्ठ नेपाल तथा थाईल्याण्डमा समेत लुकिछिपी बस्ने गरेको र जेठ २३ गते थाईल्याण्ड जाने तयारीमा रहेको समेत खुल्न आएको छ । डेनिशलाई आवश्यक कारवाहीका लागि सोमबार काठमाडौँ जिल्ला अदालतमा बुझाइएको छ ।