६ कार्तिक २०८३, शुक्रबार

सिटौला न्याय क्षेत्रका लागि चुनौती, हल्ला फिँजाएर न्यायाधीश बन्ने दाऊ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-parsad-situla– सुनिल सापकोटा

काठमाडौं, २६ जेठ । प्रधानमन्त्रीको सिफारिसमा न्याय परिषद्को सदस्यमा मनोनीत भएका निर्भीक, पारदर्शी र कर्तव्यनिष्ठ व्यक्तित्व बरिष्ठ अधिवक्ता रामप्रसाद सिटौला न्याय क्षेत्रका लागि चुनौती बनेका छन् ।

भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्ने सिटौलाको नियुक्ति न्यायालयमा रहेका भ्रष्टहरुका लागि टाउको दुखाईको बिषय भएको छ ।

उनले अहिले न्याय क्षेत्रमा रहेको ब्याप्त भ्रष्टाचारलाई केही हदसम्म नियन्त्रण गर्न सक्ने र न्याय क्षेत्रमा हुने बिचौलियाको चलखेलका बिरुद्ध कडा रुपमा प्रस्तुत हुने उनी निकट नेपाल बारका एकजना पूर्व केन्द्रीय सदस्य बताउँछन् ।

यस अघि पनि पटक–पटक सर्वोच्च अदालतको न्यायाधीशमा नेपाल बारबाट सिटौलाको सिफारिस हुँदा उनलाई न्यायाधीशमा नियुक्ति हुन नदिनका लागि न्याय क्षेत्रक मानिस र बिचौलियाहरुले मोर्चा बन्दी गरेर दबाब दिएका थिए ।

चार बर्षका लागि सदस्य बनेका सिटौला न्यायालयमा देखा परेका विकृति र विसंगतिका बिरुद्ध कडा ढङ्गले प्रस्तुत हुने भन्दै आफूले केही रचनात्मक र उदारणीय काम गरेर देखाउने पक्षमा रहेको बताए ।

सिटौलाको नियुक्तिसंगै प्रजातान्त्रिक वकिलहरुमा सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि दौडधुप सुरु भएको छ । त्यसका लागि मैले नै सिटौलालाई परिषद सदस्य बनाएको भन्दै सिटौलालाई प्रभावमा पार्नका लागि बजारिया हल्ला फिँजाएर न्यायाधीश बन्ने दाऊमा विवादास्पद छबि भएका परिषद्का पूर्व सदस्य उपेन्द्र केशरी न्यौपाने र महान्यायाधिवक्ता बाबुराम कुँवर लागि परेका छन् ।

न्यायाधीश नियुक्तिमा आर्थिक लाभ लिएको आरोप लागेका र पैसाका लागि सति जान पनि तयार हुने उनको विशेषता रहेको उनलाई चिन्नेहरू बताउँछन् ।

बारको विरोधपछि राजीनामा दिएको भनिएता पनि कानुन मन्त्रीलाई मिलाएर न्यायाधीश हुने सुनिश्चित भएपछि परिषद् बाट बाहिरीएको खुलासा भएको छ । पुनरावेदन अदालतमा नियुक्ति भएका २७ अस्थायी न्यायाधीशको सकिनै लागेको म्याद थमौती गरिदिने भन्दै भर्खरै मोटो रकम असुलेको उनीमाथि आरोप लागेको छ ।

त्यस्तै विभाजित डीएलए लाई काध थापे बापत गोपाल कृष्ण घिमिरेको सिफारिसमा बोनस स्वरुप महान्यायाधिवक्ताको कुर्सीमा आसीन बाबुराम कुँवर प्रधानमन्त्रीको पद खुस्किने अवस्था आएकाले जातेजाते न्यायाधीश बन्नका लागि गोपाल कृष्ण घिमिरेबाट पुनः आशिर्वाद थाप्नका लागि सरकारी सम्पतिको व्यापक दुरूपयोग गरिरहेका छन् ।

पोखरामा भएको विभाजित डीएलएको कार्यक्रमा महान्यायाधिवक्ताले सरकारी सम्पतिको दुरुपयोग गर्दा पनि अख्तियार बेखबर बनेको छ । न्यायाधीश बन्ने सुरसारमा रहेका न्यौपाने र कुँवर अहिले सिटौलालाई आफूहरुले सदस्य बनाएको भनेर गुड्डी हाक्न थालेको छन र त्यसलाई घिमिरेले साथ दिईरहेका छन् ।