३० आश्विन २०८३, शुक्रबार

भारतीय मोडलको नेपाली म्युजिक भिडियो (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muzic-video

– सन्दिप भट्ट

चितवन । केही समयअघि सार्वजनीक भएको ‘सकिन यो मनलाई ढाँट्न’ बोलको गीत यतिवेला बजारमा चर्चामा छ । द रिबल क्रियसनले सार्बजनिक गरेको म्युजिक भिडियोमा भारतीय मोडलले अभिनय गरेकाले पनि सबैले रुचाएका छन् ।

विभिन्न पन्जाबी, हरियाणी गीत तथा टेली फिल्महरुमा अभिनय गरेकी भारतिय मोडल रोशनीले पहिलोपटक नेपाली भिडियो खेलेकी हुन् । राम सिटौलाको शब्द सङगीत रहेको यस गीत श्याम कार्कीको ‘२०१५’ एल्वममा समावेश छ । बिभोर पोखरेलले निर्देशन गरेको भिडियोमा जीवन थापाको एडिट र क्यामेरा एनिक्यूरेलको छ ।

गायक सिटौलाको शव्द संगीत रहेको “सकिन यो मनलाई ढाँट्न” बोलको गीत मार्फत उनी गायकका रुपमा अघि आएका हुन् । सानै उमेरदेखी अभिनयमा रुचि राख्ने श्याम कार्की विगत केही समयदेखी यसै क्षेत्रमा सक्रिय रहेका छन् ।

सुरुमा मोडेलको रुपमा यस क्षेत्रमा प्रवेश गरेका उनले पहिलो (मोडलको रुपमा) “पागलसरी” विवेक शिटौलाको गीतमा अभिनय गरेका थिए । त्यस लगतै उदित नारायणले आवाज दिएको तथा चर्चित संगितकार अर्जुन पोखरेलले संगीतबद्ध गरेको सर्माएर लजाएर बोलको गीतमा चर्चित नायक आर्यन सिग्देलसंग उनले पनि अभिनय गरेका थिए ।

तर पनि उनको इच्छा÷उद्देश्य भने नेपाली संगीतको क्षेत्रमा गायक वन्ने नै थियो । जसको फलस्वरुप उनै श्याम कार्की अहिले आफ्नो “२०१५(दुई हजार पन्ध्र)” नामक एल्बम् लिएर वजारमा आएका छन्

पुरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=N9d8uKlj8xg