३ कार्तिक २०८३, मंगलबार

पति विदेशमा भएकी महिलासँग रात बिताउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-extraटावर मर्मत गर्न गएका टेलिकमका कर्मचारी मणि बुढाथोकी बाटोमा पर्ने महिलाको घरमा बास बस्दा राति उनीहरुबीच अवैध शारीरिक सम्बन्ध गाँसिएको थियो ।

उदयपुर, २६ जेठ । वैदेशिक रोजगारीको सिलसिलामा पति विदेश रहेका महिलासँग रात बिताउने नेपाल टेलिकम उदयपुरका एक कर्मचारीमाथि कुटपिट भएको छ ।

अर्काकी श्रीमतीसँग रात बिताएको भन्दै महिलाका आफन्तबाट टेलिकम बेलटार शाखाका कर्मचारी मणि बुढाथोकीमाथि सोमबार हातपात भएको हो ।

टेलिकमको टावर मर्मत गर्न हिँडेका बुढाथोकी जिल्लाको पूर्वी पहाडी गाविस चौदण्डी ५ स्थित गैरीगाउँको एक घरमा बास बसेका थिए । बास बसेकै घरकी महिलासँग रात बिताएको भन्दै आफन्त साने तामाङले उनीमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

टावर मर्मत गर्न गएका बुढाथोकी बाटोमा पर्ने महिलाको घरमा बास बस्दा राति उनीहरुबीच अवैध सम्बन्ध भएको चियो गरी बसेका सानेले सोमबार बिहान हिँड्न लागेका बुढाथोकीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी टेकबहादुर गुरुङले बताए ।

टेलिकम कर्मचारीले कुटाई खाएको उजुरी आएपछि यथार्थ विवरण बुझ्न इलाका प्रहरी कार्यालय बेलटारको टोली सोमबार दिउसो घटनास्थलतर्फ पठाइएको छ ।

टोली फर्केपछि यथार्थ विवरण थाहा लाग्ने एसपी गुरुङले बताएका छन् । ती महिलाका श्रीमान् दुई वर्षदेखि विदेशमा रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।