६ कार्तिक २०८३, शुक्रबार

भूकम्प कहिले सम्म आउँछ ? यसो भन्छन् भूकम्पविद्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, २६ जेठ । गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका पराकम्पन अझै डेढ महिनासम्म आइरहने भूकम्पविद् प्रा डा हरिहर पौडेलले बताउनुभएको छ ।

नेपालको भूकम्पीयता विषयमा विद्यावारिधि गर्ने पहिलो भूकम्पविद् पौडेलले वैशाख १२ गतेपछि वैशाख २९ गते ‘ट्रिगर पराकम्पन’ आएको भएपनि अरू सबै पराकम्पन भएको बताउनुभयो । ठूलो भूकम्प आएपछि लामो समयसम्म पराकम्पन आइरहने र यसपटकको ७.६ रेक्टरको भूकम्पले कम्तीमा पनि तीन महिना पराकम्पन ल्याउने बताउनुभयो । भूकम्पभन्दा ठूलो पराकम्पन आउन नसक्ने बताउँदै उहाँले सोही क्षेत्रमा साना पराकम्पनहरु मात्र आइरहने उल्लेख गर्नुभयो ।

उहाँले पराकम्पन भूकम्पको क्षमताभन्दा एक रेक्टरभन्दा कमका मात्रै हुने बताउनुभयो । ठूलो भूकम्पपछि वैशाख २९ गते ट्रिगर पराकम्पन आउनुको पछाडि त्यस क्षेत्रका जमिन धेरै चिरिएको र भूकम्पले थप हलचल मच्चिनु प्रमुख कारण भएको उहाँले बताउनुभयो ।

यसअघि सन् १८९० को अगस्त २६ मा गोरखा नै केन्द्रबिन्दु भएको ७.६ हेक्टर स्केलको भूकम्प जाँदा गोरखादेखि काठमाडौँ हुँदै सिन्धुपाल्चोकसम्म ठूलो क्षति पुर्‍याएको बेलायती गजेटमा उल्लेख भएको बताउँदै उहाँले जसका कारण तीन महिनासम्म पराकम्पन आएको बताउनुभयो । अहिलेको भूकम्प पनि सोही स्केलको भएकाले तीन महिनासम्म नै पराकम्पन जाने उहाँले बताउनुभयो