६ कार्तिक २०८३, शुक्रबार

चिसोले तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २६ जेठ । डोल्पाको लेकाली क्षेत्रमा यार्सागुम्बा खोज्न पुगेका दुई जना वयष्क र अभिभावकले बोकेर लगेका एक शिशुको चिसोले गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्ला जिल्ला गोठीचौरका ४५ वर्षीय कृष्णबहादुर बोहरा र जाजरकोटकी मगी बोहरा छन् । रिमी गाविस डोल्पाका नौ महिनाका बालक विजय ऐडीको पनि निधन भएको छ ।

उनीहरु तीनै जनाको अत्यधिक चिसोका कारण मृत्यु भएको डोल्पाका प्रजिअ कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । यार्सागुम्बा सङ्कलनको बेला चिसोले बिरामी परेकी जाजरकोटकी बोहराको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि पाटनमा पुगेका मानिस चिसोका कारण बिरामी परेर फर्कन थालेका छन् ।सञ्चारको पहुँच नभएका कारण उच्च लेकाली क्षेत्रमा कति बिरामी छन् भन्ने यकिन हुन सकेको छैन ।

यार्सा खोजीका लागि प्रहरीमा नाम दर्ता गरेर जानेको सङ्ख्या मात्रै ४७ हजारभन्दा बढी रहेको डोल्पा प्रहरीले जनाएको छ । त्यस्तै हजारौँ जना विभिन्न नाकाबाट हिमाली क्षेत्रमा पुगेको बताइएको छ । रासस