३ कार्तिक २०८३, मंगलबार

दुर्घटनाग्रस्त अमेरिकी सैनिक हेलिकप्टरको चकित तुल्याउने अर्को घटना बाहिर आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Operice-helicopter-america-3काठमाडौं, २६ जेठ । दुर्घटनाग्रस्त अमेरिकी यूएच एनवाई हुवे हेलिकप्टरमा थप २ जना व्यक्तिको समेत मृत्यु भएको हुन सक्ने विशेषज्ञले दाबी गरेका छन् ।

सिंगटीबाट चढेका ५ घाइतेको डीएनए परीक्षणका क्रममा अन्य शवको अंशसमेत भेटिएको कान्तिपुर दैनिकले छापेको छ ।

हुवे हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएलगत्तै ६ अमेरिकी र २ नेपाली सैनिक परेको सार्वजनिक भएको थियो ।

पछिल्लो २ जना चढेको पुष्टि भए हेलिकप्टरमा कम्तीमा १५ यात्रु थिए ।

डीएनए परीक्षण प्रतिवेदनले हेलिकप्टर दुर्घटनापछिको लापरबाही र रहस्य थप्दै गएको छ ।

दुर्घटनामा परी निधन भएका ५ दोलखालीको शव डीएनए परीक्षण गर्दा थप मानव अंश पनि परेको प्रतिवेदन अमेरिकाबाट आएको छ ।

प्रतिवेदनमा ५ जनाको शरीरका अंश पहिचानसहित पठाइएको छ भने बाँकीलाई भने बडी रिमेन्सको ट्याग लगाइएको छ ।