६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको नयाँबसपार्कमा चालकको बसभित्रै रहस्मय मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । काठमाडौँ– नेपालगन्ज ‘रुट’मा सञ्चालन हुँदै आएको ना.५ ख ५०९९ नम्बरको बसका चालक बाँके राधा–७ का ५२ वर्षीय प्रेम गुरुङ मृत भेटिएका छन् ।

काठमाडौँ महानगरपालिका–२९ नयाँबसपार्कमा राखिएको निजले चलाउँदै आएको बसमा आज बिहान उनलाई मृत अवस्थामा भेटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

हृदयाघातबाट चालक गुरुङको मृत्यु भएको अनुमान गरिएको छ ।