धनगढी, २५ जेठ । रारा बिजुली भण्डारका सञ्चालक महेन्द्र सिवाकोटीको आज सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
पूर्व—पश्चिम राजमार्गअन्तर्गते राजीपुर सडकखण्डमा शिवाकोटी सवार रहेको जीप ट्रकसँग ठोक्ँिकदा घाइते भएका उहाँको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालयले जनाएको छ ।
उहाँको निधनमा आज धनगढी बजारका पसल बन्द रहे । दुर्घटनामा परी जीप चालक कञ्चनपुर रैकवार बिचवा गाविसका चनक चौधरी र सोही ठाउँका सुरज चौधरी गम्भीर घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि भारतको बरेली सिफारिस गरिएको छ । ट्रक चालक र सह चालक फरार छन् । उनीहरूको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया