३० आश्विन २०८३, शुक्रबार

अमेरिकाबाट नायक सरोज खनालको बिदाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saroj 5

– विजय थापा

वाशिंगटन डिसी । १७ बर्षको अमेरिका बसाईपछि अन्तत्वगत्वा मातृभूमिको अथाह मायालाई बिर्सन नसक्ने भएपछि नेपाली चलचित्र जगतका ख्याती प्राप्त अभिनेता नेपाल फर्कने पक्का भएको छ ।

र उनी १९७७ डिसेम्बर ३ तारिखमा नेपालबाट सुटुक्क अमेरिका आएका थिए भने सुटुक्क फर्कने योजना भएतापनि उनले नेपाली समुदायमा गरेको योगदान, संस्कृति र कलालाई विदेशमा पनि सम्बर्धन र प्रबर्धनमा कुनै कन्जुस्याई नगरेकोले उनका प्रशंसक तथा मित्रहरुले उनलाई सुटुक्कै नेपाल फर्कन नदिई एक बिदाई समारोहको आयोजना गरी स–सम्मान बिदाई गरेका छन् ।

एनआरएन अमेरिकाको भर्जिनिया शाखाको पहलमा भएको बिदाई कार्यक्रममा उनलाई समर्पित गर्दै उनका चलचित्रका गीत, सन्देश मुलक चिट्ठी, मुक्तक, राष्ट्र भक्ति तथा मन छुने प्रकारका कविता वाचन गरिएको थियो ।

बिदाई कार्यक्रम पूर्ण अनौपचारिक भएकोले झन्डै एक दशक अगाडि अमेरिका आएका गायक कर्ण दासले नायक सरोज खनाललाई समर्पित गर्दै ‘ईश्वर तैले रचेको फेरी किन बिगारिस’ बोलको गीत गाएका थिए तर उनी बिदाईमा अलिक भाबुक भएकोले आधा मात्र गीत गएका थिए भने उनका प्रशंसकको अनुरोधमा कर्ण दासको पहिलो गीत ‘जिन्दगीको के भरोसा’ दर्शकसँगै गाएर मनोरजन प्रदान गरेका थिए ।

कर्ण प्रिय स्वरका धनी कर्ण दासले पनि अभिनेता सरोज खनाललाई तपाई पहिला जानुस भन्दै म पनि तपाईको पछि पछि नेपाल आउने छु भने ।

saroj 2

छोटो मन्तब्यमा अधिकांशले नेपाल फर्कने सरोज खनालको निर्णयलाई स्वागत गरेका थिए भने नेपालले उहाँलाई खोजेको छ भन्दै अन्तिम शुभकामना दिएका थिए ।

सरोज खनालले म नेपाल किन जादै छु भन्दै भाबुक हुँदै कुरा राखेका थिए । म सपना बाड्न गएको हैन, नेपाल गएर चमत्कार गर्न पनि गएको हैन । चमत्कारी म हैन भन्दै म चमत्कार अभिनय क्षेत्रमा गर्न सक्छु भन्दै तर अमेरिकामा आउने जाने हुन्छ भने । तर आउदा कोशेली स्वरुप कलाकार भएको नाताले केहि कलाकारिताको केहि चिज लिएर आउँछु भने र हात फैलाउने छु त्यो समयमा मुख नफर्काउन हुन् आग्रह गरे । उनी भूकम्प जादा नेपाल मै भएकोले उनले भूकम्प प्रभावित क्षेत्रमा काम गर्दा गाउँ घरमा बूढा बुढी मात्र देखेको र युवाहरु आफुले फेला नपारेको बताएका थिए ।

saroj 4उनले १ मिनेटको सन्देश मुलक छोटो देशभक्ति अभिनय गरेका थिए नेपाली दुताबासका मिनिस्टर कन्सुलर नारायण प्रसाद मैनालीले बिदाई समारोहमा छोटो मन्तब्य राख्दै कलाकारिता उहाँको क्षेत्र हो भन्दै अमेरिकामा बसेका दोस्रो पुस्ताले मन पराउने प्रकारका चलचित्र बनाउनु हुने छ भन्दै शुभकामना दिनु भएको थियो ।

बिदाई कार्यक्रममा कवि, निवन्धकार, समालोचक तथा उपन्यासकार कृष्ण धरावासीले हरेक मानिस नेपाल जादा हुन्छ, जादा राम्रो हुन्छ भन्दै ब्यबहारले नअल्झे नगए पनि हुन्छ भन्ने विचार राखेका थिए ।

कार्यक्रमको सभापतित्व एनआरएन अमेरिका भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले गरेका थिए । अध्यक्ष दवाडीले सरोज खनालले १७ बर्षमा अमेरिकामा कला र संस्कृतिको लागि खेलेको भूमिका प्रति प्रशंसा गर्दै शुभकामना दिएका थिए । डिसी महानगर क्षेत्रको भर्जिनियाको एक चमेना गृहमा बिदाई कार्यक्रमको आयोजना भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिब कृष्ण भण्डारीले गरेका थिए ।