६ कार्तिक २०८३, शुक्रबार

पाल्पाका भूकम्पपीडितलाई छहरा गाविसको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Palpa-chara-rahat– सुशिल नेपाल
पाल्पा २५ जेठ । छहरा गाविसका स्थानीय तथा विभिन्न राजनीतिक दलहरुको सक्रियतामा भूकम्पपीडितका लागि संकलित रकम प्रधानमन्त्री राहातकोषमा जम्मा हुने गरि पाल्पाका दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई हस्तान्तरण गरेका छन् ।

सोमबार एक कार्यक्रमको आयोजना गरि संकलित ५८ हजार ९ सय १२ रुपैँया रकम हस्तान्तरण गरेका हुन । आफना सानो सहयोगले पीडितका लागि ठुलो सहयोग पुग्ने हुनाले केहि सहयोग गरौँ भन्ने भावनाले राहात संकलन गरिएको छहराका गाविस संचिव रबिन्द्र अधिकारीले बताए ।

हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस छहरा गाउँ कमिटी सभापति नारायण पौडेल, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष दान बहादुर थामी, नव आश्रम मण्डली चर्च छहराका संयोजक पास्टर इन्द्र बराल, राप्रपा छहरा गाउँ कमिटीका अध्यक्ष इन्द्र राउत, जनचेतना समुह छहराका अध्यक्ष राजेन्द्र पोखेरेल, पत्रकार भुवन रायमाझी लगायतको टोलीले आफूहरुले मेहनतका साथ संकलन भएको रकम चाँडो भन्दा चाँडो पीडितसामु पुग्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले प्राप्त रकम आज सोमबार नै प्रधानमन्त्री उद्दार तथा राहत कोषमा जम्मा गरिने बताए । त्यस्तै सोमबारनै युवाहरु सुमन उदय, सन्देश श्रेष्ठ, पवन तुलाधर, प्रज्वल उदय विओम बज्राचार्य लगायतको नेतृत्वमा ४० वटा जस्तापाता प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । आफूहरुले सानो म्युजिकल प्रोग्राम गरेर उठेको रकमबाट भूकम्पपीडितलाई उक्त जस्तापाता सहयोग गरिएको उनीहरुले बताए ।