३० आश्विन २०८३, शुक्रबार

एनआरएन अमेरिका निर्वाचनको बिषयलाई लिएर विवाद, राजदूतलाई कार्यक्रममा नजान आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrn logo– विजय थापा

वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्मन्वय परिषद, संयुक्त राज्य अमेरिकाको निर्वाचनमा अनियमितता भएको बिषयलाई लिएर एनआरएन अमेरिका विवादको घेरमा परेको छ ।

एनआरएन अमेरिकाको नयाँ कार्यकारी समितिको निर्वाचन गत अप्रिल १६ देखि २० सम्म सम्पन्न भै नया कार्यकारी समितिले काम समेत सुरु गरेको अवस्था छ भने उम्मेदवार बनेका २० जनाले असन्तुष्ट देखाउदै न्याय दिलाई पाउँ भनि एनआरएन आईसीसी अन्तरराष्ट्रियलाई ध्यानाकर्षण गराएका छन् ।

निर्वाचनको परिणामको घोषणा २५ अप्रिलमा गरिएको थियो भने आम उम्मेदवारहरुले अनुमान गरे अनुसार निर्वाचन परिणाम घोषणा अस्वाभाविक भएपछि निर्बाचन आयोग समक्ष तत्कालै उम्मेदवारहरुले परिणामको पारदर्शिताका सम्बन्धमा प्रश्न राखेको अध्यक्षका उम्मेदवार गणेश कुँवरले बताए ।

उम्मेदवारहरुले ३ पटक सम्म सम्म एनआरएन अमेरिकाका तत्कालिन निर्वाचन समिति समक्ष कुरा राख्दा पनि सुनुवाई नभएको कारण अन्त्यमा एनआरएन आईसीसी अन्तरराष्ट्रियलाई गुहारेका हौ भनि कुँवरले बताए । निर्वाचनको परिणाममा असन्तुष्टि तत्काल जनाउँदै उम्मेदवारहरुले कुन राज्यबाट कति मत प्राप्त गरेका छन् त्यसमा जवाफ मागेका थियौ आएन ।

चुनाब सम्पन्न गराएको सिम्प्ली भोटिंग कम्पनीले मतदान प्रक्रिया कसरी गराएको हो ? उम्मेदवार भएको नाताले त्यो मांग राखेका थियौ । र यसको साथै सिम्प्ली भोटिंग कम्पनीले मतदान परिणाम कुन राज्य बाट कति, कहाँबाट कति मत उम्मेदवारले प्राप्त गर्यो भनि हेर्न आग्रह गर्दा पनि सुनुवाई हुन् नसकेको कुँवरले बताए ।

कुँवरले अगाडि भने रिसिट अनुसारको मतदान भएको प्रमाण देखाउनु पर्यो । ७ हजार ६ सय मतदान भएकोमा कसरी र कुन राज्यबाट उम्मेदवारलाई मतदान गरिएको हो । त्यो नै हाम्रो मुख्य माग भएको भन्दै मतदान प्रक्रिया परिणाम नै चुरो कुरो भएकोले त्यो अधिकारलाई बन्चित गर्नुहुन्न उनले भने ।

आगामी जुन १३ तारिखमा एनआरएन अमेरिकाको कार्यक्रम बाल्टिमोरमा हुने तय भएकोले त्यहाँ अमेरिकाका लागि नेपालका नव नियुक्त राजदूत पनि सहभागिता हुने भएको संचार माध्यममा देखिएकोले अहिले एनआरएन अमेरिका विवादको घेरामा मुछिएकोले भरसक सहभागी नभै दिए हुन्थ्यो भन्ने उम्मेदवारहरुले अपेक्षा रहेको बताए ।

एनआरएन आईसीसी अन्तरराष्ट्रियले यसको समाधान गर्ने छ भन्ने कुरामा उम्मेदवारहरु बिश्वस्त रहेका छन भने एनआरएन एनसीसी बेलायत पनि पटक पटक विवादमा मुछि रहन्छ ।