६ कार्तिक २०८३, शुक्रबार

घरेलु मदिरासहित छ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madira-Raksiचितवन, २५ जेठ । अवैध घरेलु मदिरासहित छजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीको रतनपुर गाउँ विकास समितिबाट चितवनको शिवघाटतर्फ ६८० लिटर घरेलु रक्सी ट्र्याक्टरमा लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालय भरतपुरलाई बुझाएको हो ।

कर अधिकृत शुभ रिजालका अनुसार ना३त १२८ नम्बरको ट्र्याक्टर र त्यसका चालक विष्णु विकलाई नियन्त्रणमा लिइएको छ । यसैगरी, रतनपुरकी जोगमाया सारु, कुमारी लुङ्गेली, धनमाया लुङ्गेली, दुर्गा लुङ्गेली र खिममाया सारुलाई पक्राउ गरी कर कार्यालयमा बुझाएको रिजालले बताउनुभयो ।

उनीहरुलाई अवैध मदिरा उत्पादन, ओसारपसार, बिक्री–वितरण विरुद्धको अन्तःशुल्क तथा मदिरा ऐनअन्तर्गत कारवाही गरिने आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालले बताउनुभयो । उनीहरुसँग बिगो बराबरको धरौटी माग गरिने छ । रासस